२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश जानेलाई सातै प्रदेशबाट ‘क्यूआर कोड’ सहितको खोप प्रमाण पत्र दिन निर्देशन

१७ श्रावण २०७८, आईतवार १७:०८

साउन १७, काठमाडौँ | स्वास्थ्य सेवा बिभागले विदेश जानेलाई सातै प्रदेशबाट 'क्यूआर कोड' सहितको खोप प्रमाण पत्र दिन निर्देशन दिएको छ । स्वास्थ्य सेवा बिभागले वैदेशिक रोजगारमा जाने युवाहरु, अध्ययनको लागि जानेहरु र उपचारको लागि विदेश जानेहरुलाई खोप लगाएको प्रमाणको आधारमा क्यूआर कोड सहितको प्रमाणीकरण जारी गर्न निर्देशन दिएको हो । 

स्वास्थ्य सेवा बिभागले आइतबार सातै प्रदेश स्थित स्वास्थ्य निर्देशनालय र ७७ जिल्लाकै जिल्ला स्वास्थ्य कार्यालयलाई परिपत्र जारी गर्दै निशुल्क कोभिड १९ को खोप प्रमाणीकरण दिन निर्देशन दिएको छ । निर्देशन अनुसार खोप लगाएको प्रमाणीकरणको लागि देशभरीका ५० शैया माथिका सम्पूर्ण सरकारी अस्पतालबाट सेवा जारी गर्न सम्बन्धित अस्पतालले २ जनासम्म फोकल पर्सन तोकेर निशुल्क प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन भनिएको छ । 

बिभागका अनुसार भदौ १ गतेदेखि विदेश जानेनागरिकहरुका लागि सूचना प्रमाणीकरण गराएर मात्र खोप लगाउने र सूचना प्रणालीबाट QR Code सहितको प्रमाणपत्र विध्युतिय प्रणालीबाट उपलब्ध गराउने उल्लेख छ । 

स्वास्थ्य सेवा बिभागले विदेश जानेबाहेक अन्य नागरिकहरुलाई पनि खोप लगाउँदा सूचना प्रमाणीकरण गराउने र पहिले खोप लगाएकाहरुको समेत दर्ता गर्ने लगायत उल्लेख छ । साथै खोप लगाउने कामलाई व्यवस्थित बनाउन कुपन वितरण र खोप केन्द्रको संख्या बढाउन समेत अनुरोध गरेको छ । 

यसअघि वैदेशिक रोजगारमा जान चाहेका नेपाली युवाहरुले क्युआर कोड व्यवस्था नभएकोले विदेशमा रोजगार गुम्न लागेको भन्दै पटक-पटक बिभागको ध्यानाकर्षण गराउदै आएका थिए । दवाव कार्यक्रम अन्तर्गत युवाहरुले आजै स्वास्थ्य मन्त्रालयमा समेत यस सम्बन्धमा दवाव दिएका थिए । वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सरकारले खोपको व्यवस्था गरेपनि विभिन्न देशहरुले खोप लगाएको प्रमाणित गर्न 'क्यूआर कोड'सहितको प्रमाण पत्र माग्ने हुँदा उनीहरु काममा फर्कन नपाएको भन्दै भद्रकालीमा पर्दर्शन समेत गरेका थिए । 


सम्बन्धित भिडियो हेर्नुहोस् 

बिभागको निर्देशनात्मक पत्र हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ