2026-09-19 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश जानेलाई सातै प्रदेशबाट ‘क्यूआर कोड’ सहितको खोप प्रमाण पत्र दिन निर्देशन

साउन १७, काठमाडौँ | स्वास्थ्य सेवा बिभागले विदेश जानेलाई सातै प्रदेशबाट ‘क्यूआर कोड’ सहितको खोप प्रमाण पत्र दिन निर्देशन दिएको छ । स्वास्थ्य सेवा बिभागले वैदेशिक रोजगारमा जाने युवाहरु, अध्ययनको लागि जानेहरु र उपचारको लागि विदेश जानेहरुलाई खोप लगाएको प्रमाणको आधारमा क्यूआर कोड सहितको प्रमाणीकरण जारी गर्न निर्देशन दिएको हो । 

स्वास्थ्य सेवा बिभागले आइतबार सातै प्रदेश स्थित स्वास्थ्य निर्देशनालय र ७७ जिल्लाकै जिल्ला स्वास्थ्य कार्यालयलाई परिपत्र जारी गर्दै निशुल्क कोभिड १९ को खोप प्रमाणीकरण दिन निर्देशन दिएको छ । निर्देशन अनुसार खोप लगाएको प्रमाणीकरणको लागि देशभरीका ५० शैया माथिका सम्पूर्ण सरकारी अस्पतालबाट सेवा जारी गर्न सम्बन्धित अस्पतालले २ जनासम्म फोकल पर्सन तोकेर निशुल्क प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन भनिएको छ । 

बिभागका अनुसार भदौ १ गतेदेखि विदेश जानेनागरिकहरुका लागि सूचना प्रमाणीकरण गराएर मात्र खोप लगाउने र सूचना प्रणालीबाट QR Code सहितको प्रमाणपत्र विध्युतिय प्रणालीबाट उपलब्ध गराउने उल्लेख छ । 

स्वास्थ्य सेवा बिभागले विदेश जानेबाहेक अन्य नागरिकहरुलाई पनि खोप लगाउँदा सूचना प्रमाणीकरण गराउने र पहिले खोप लगाएकाहरुको समेत दर्ता गर्ने लगायत उल्लेख छ । साथै खोप लगाउने कामलाई व्यवस्थित बनाउन कुपन वितरण र खोप केन्द्रको संख्या बढाउन समेत अनुरोध गरेको छ । 

यसअघि वैदेशिक रोजगारमा जान चाहेका नेपाली युवाहरुले क्युआर कोड व्यवस्था नभएकोले विदेशमा रोजगार गुम्न लागेको भन्दै पटक-पटक बिभागको ध्यानाकर्षण गराउदै आएका थिए । दवाव कार्यक्रम अन्तर्गत युवाहरुले आजै स्वास्थ्य मन्त्रालयमा समेत यस सम्बन्धमा दवाव दिएका थिए । वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सरकारले खोपको व्यवस्था गरेपनि विभिन्न देशहरुले खोप लगाएको प्रमाणित गर्न ‘क्यूआर कोड’सहितको प्रमाण पत्र माग्ने हुँदा उनीहरु काममा फर्कन नपाएको भन्दै भद्रकालीमा पर्दर्शन समेत गरेका थिए । 

सम्बन्धित भिडियो हेर्नुहोस् 

बिभागको निर्देशनात्मक पत्र हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई