२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुलाईमा तीन हजार विदेशी पर्यटक नेपाल भित्रिए

१९ श्रावण २०७८, मंगलवार ०६:४३

साउन १९, काठमाडौं । सन् २०२१ को जुलाई महिनामा करिब तीन हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय हुँदै सन् २०२१ को जुलाई महिनामा दुई हजार ९९१ विदेशी पर्यटन नेपाल भित्रिएको अध्यागमन विभागले जनाएको छ । पछिल्लो समय सरकारले निषेधाज्ञामा केही खुकुलो बनाएसँगै विदेशी पर्यटक नेपाल भित्रन थालेका हुन । गत जुन महिनामा (निषेधाज्ञाको बीचमा) एक हजार १४३ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।

विभागका अनुसार जुलाई महिनामा ९९ देशबाट एक हजार ९४० पुरुष, एक हजार ५० महिला र एक जना अन्य नागरिक नेपाल भित्रिएका  छन् । सो अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तीन हजार १५७ विदेशी पर्यटक आ आफ्नो देश फर्किएका छन् । पछिल्लो समय कोरोना महामारीका कारण नेपाल भित्रनेभन्दा बाहिरिने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ ।

सबैभन्दा बढी भारतबाट भित्रिए विदेशी नागरिक 

पछिल्लो एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भारतबाट सबैभन्दा बढी विदेशी नागरिक भित्रिएका छन् । सो अवधिमा नेपाल आएका ९९ देशका नागरिकमध्ये भारतबाट सबैभन्दा बढी एक हजार १०५ जना नेपाल आएका हुन् ।

भारतपछि अमेरिकाबाट ८१९, बेलायतबाट १८५, टर्कीबाट १६५ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । दक्षिण एशियाली मुलुकमध्ये जुलाई महिनामा बङ्गलादेशबाट चार, भुटानबाट १४, पाकिस्तानबाट पाँच र श्रीलङ¬्काबाट तीन पर्यटक नेपाल आएका छन् । यस्तै, क्यानडाबाट ७८, चीनबाट ५०, बेल्जियमबाट ४५, फ्रान्सबाट ४१, नेदरल्याण्डबाट २६, रुसबाट १९ जना पर्यटक नेपाल आएका छन् ।

२५ हजार नेपाली स्वदेश फर्किए

अध्यागमन विभागका अनुसार गत जुलाई महिनामा २५ हजार २०५ नेपाली नागरिक स्वदेश फर्किएका छन् । तीमध्ये २१ हजार ५०९ पुरुष, तीन हजार ६९३ महिला र तीन जनाअन्य नागरिक रहेका छन् । सो अवधिमा नेपाली र विदेशी गरी २८ हजार १९६ जना नेपाल भित्रिएका छन् । यस्तै, सो अवधिमा २१ हजार ८७७ जना नेपालीसहित कूल २५ हजार ३४ जना नेपालबाट बाहिरिएका छन् ।

गत जुन महिनामा १३ हजार २५६ जना नेपाली तथा विदेशी नागरिक नेपालबाट बाहिरिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ