2026-09-19 10:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किरण गजमेर बने ‘द भ्वाइस अफ नेपाल सिजन ३’ को बिजेता

साउन २४, काठमाडौं । अमेरिकामा बस्दै आएका किरण गजमेर द भ्वाइस अफ नेपाल सिजन ३ को बिजेता बन्न सफल भएका छन् । हिमालय टेलिभिजनमा शुक्रबार राति भएको फाइनलमा टिम प्रमोदबाट किरण गजमेर बिजेता भएका हुन् । 

गत साता भएको सेमिफाइनलमा चार वटा टीमका एक–एक जना प्रतिभा ग्राण्ड फिनालेमा प्रवेश गरेका थिए । द भ्वाइस अफ नेपाल सिजन ३ अन्तर्गत टिम प्रमोदबाट किरण गजमेर, टीम दीपबाट दार्जलिङका आर्यन तामाङ, टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर र टीम तृष्णाबाट ज्वाला राई फाइनल पुगेका थिए ।

माथिको तश्वीरमा क्रमश: द भ्वाइस अफ नेपाल सिजन ३ को फाइनलमा पुगेका तारा श्रीष मगर, ज्वाला राई, किरण गजमेर र आर्यन तामाङ ।

एक सातासम्म दर्शकले गरेको भोटका आधारमा उपाधिको छिनोफानो भएको हो । फाइनलमा चारै जना प्रतिभा सहित टप १२ र सिजन २ का बिजेताले समेत आफ्ना प्रस्तुति राखेका थिए । 

द भ्वाइस अफ नेपाल सिजन ३ का विजेताले नगद २५ लाख पुरस्कार र वर्ल्ड टूरको प्याकेज पाएका छन् ।

यसअघि सिजन १ मा स्याङ्जाका सिडी विजय अधिकारी र सिजन २ मा झापाका राम लिम्बूले उपाधि जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो