३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टोकियो ओलिम्पिक्स २०२० : अमेरिकाको अग्रता कायमै

२४ श्रावण २०७८, आईतवार ०८:३५

साउन २४, टोकियो (रासस/एएफपी)। टोकियो ओलिम्पिक्सको पछिल्लो पदक तालिकामा आइतबार संयुक्त राज्य अमेरिकाले अग्रता कायम गरेको छ ।

पछिल्लो पदक तालिका अनुसार अमेरिकाले ३९ स्वर्ण, ४० रजत, ३३ कास्यसहित ११२ पदक जितेर पहिलो स्थान हाँसिल गरेको छ । चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्यसहित ८८ पदक जितेको छ । त्यसैगरी आयोजक राष्ट्र जापानले २७ स्वर्ण, १४ रजत र १७ कास्य पदकसहित ५८ पदक जितेर शीर्ष तेस्रो स्थानमा रहेको छ भने चौँथोमा बेलायत रहेको छ । बेलायतले २२ स्वर्ण, २१ रजत र २२ कास्य पदक हात पारेको छ ।

पदक तालिकाको यसपछिका स्थानमा रहेको रूसी ओलम्पिक कमिटी, अस्ट्रेलिया नेदरल्याण्ड र जर्मनीले क्रमशः १७ स्वर्ण, १० स्वर्ण र १० स्वर्णसहित पाँचौँ छैटौँ र सातौँ स्थानमा आउन सफल भएका छन् । अस्ट्रेलियाले ७ रजत र २२ कास्यसहित कूल ४६ र पदक नेदरल्याण्डले १२ रजत र १४ कास्यसहित कूल ३६ पदक जितेका छन् । जर्मनीले ११ रजत र १६ कास्यसहित कूल ३७ पदक जितेको छ । 

तालिकाको दशौँस्थानमा रहेको फ्रान्सले ९ स्वर्ण, १२ रजत र ११ कास्यसहित कूल ३२ पदक जितेको छ । एशियाली मुलुकहरूमा चीन र जापानबाहेकका मुलुक पदक तालिकाको निकै पछाडि देखिएका छन् । नेपालको दक्षिणी छिमेकी भारतले एक स्वर्ण, दुई रजत र चार कास्य पदकसहित कूल ७ पदक जितेको छ ।

टोक्यो ओलिम्पिक्स गत जुलाई २३ बाट सुरु भएको थियो । ओलिम्पिक खेल अन्तर्गत जापानका ४२ खेल स्थलमा भएका ३३ खेलका लागि ३३९ प्रतिस्पर्धा तय भएका थिए ।

विश्व प्रसिद्ध फुटबलमा पुरुषतर्फ ब्राजिलले स्पेनलाई हराउँदै स्वर्ण पदक जितेको छ भने बास्केटबलमा अमेरिकाले फ्रान्सलाई हराएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’