३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा एक दिन थपिए ३५ हजार सङ्क्रमित

२५ श्रावण २०७८, सोमबार ११:१५

साउन २५, नयाँदिल्ली (रासस/एएनआई)। भारतमा कोरोना भाइरसबाट एकैदिनमा थप ३५ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३५ हजार ४९९ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।  

अघिल्ला दिनहरुको तुलनामा दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा क्रमशः कम हँुदै आएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो २४ घण्टामा ३८ हजार ६२८ जना नयाँ सङ्क्रमित थपिएका थिए भने शुक्रबार सार्वजनिक गरिएको विवरणमा ४४ हजार ६४३ जना नयाँ सङ्क्रमित भएको उल्लेख थियो । 

भारतमा अहिलेसम्म कूल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड १९ लाख ६९ हजार ९५४ पुगेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । 

मन्त्रालयका अनुसार अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या चार लाख दुई हजार १८८ रहेको रहेको छ । अघिल्लो दिनको तुलनामा यो सङ्ख्या घटेको छ । 

थपिएका सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढी भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घटेको हो । पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ३९ लाख ६८६ रहेको छ । योसँगै भारतमा अहिलेसम्म तीन करोड ११ लाख ३९ हजार ४५७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । कूल सङ्क्रमितमध्ये अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ९७.४० प्रतिशत हो । 

भारतमा कोरोना भाइरसका कारण पछिल्लो एक दिनमा ४४७ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कूल मृतकहरुको सङ्ख्या चार लाख दुई हजार १८८ पुगेको छ  । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’