बिहेअघि सेक्स गरेको थाहा हुन्छ कि हुँदैन ? सेक्स गरेमा योनी खुकुलो हुन्छ भनेको सुनेको छु । वास्तविकता के हो ?

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बिहेअघि सेक्स गरेको थाहा हुन्छ कि हुँदैन ? सेक्स गरेमा योनी खुकुलो हुन्छ भनेको सुनेको छु । वास्तविकता के हो ?

<"/>
२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिहेअघि यौनसम्पर्क गरेको थाहा हुन्छ कि हुँदैन ? वास्तविकता जानी राखौ !

२०७३, ३१ श्रावण सोमबार ०७:५०

बिहेअघि सेक्स गरेको थाहा हुन्छ कि हुँदैन ? सेक्स गरेमा योनी खुकुलो हुन्छ भनेको सुनेको छु । वास्तविकता के हो ?

के महिलाले विवाहअगाडि यौनसम्पर्क राखे/नराखेको कुरा थाहा पाउन सामान्य मान्छेले पहिलो यौन सम्पर्कको बेला रगत आए/नआएको वा दुखे/नदुखेको कुरालाई आधार मानेर हेर्ने, सोच्ने र बुझ्ने गरेको पाइन्छ । अर्कातिर पुरुषमा लिंगको अगाडिको छाला फाटे/नफाटेको, पछाडिसम्म खुले/नखुलेको आधारमा यौनसम्पर्क भए/नभएको आधारमा मूल्यांकन गर्ने गरिएको पाइन्छ ।

माथि उल्लेखित सोच गलत हुन् । खास गरी उमेर पुगेपछिमात्र विवाह गर्ने प्रचलन बढ्दै गएको अहिलेको समयमा माहिलाको योनीको मुखमा बाल्यकालदेखि वा जन्मदेखि रहने जालो यौनसम्पर्कबाहेक दौडधुप, खेलकुद, पौडी, साइकल चलाउने वा अन्य यस्तै गतिविधिका कारणले पनि फुट्न सक्ने हुनाले पहिलो यौनसम्पर्कको बेलामात्रै यो फुटेर रगत आउनुपर्छ भन्ने कुरा सत्य मान्न सकिँदैन ।

त्यस्तै पुरुषको लिंगको छाला यौनसम्पर्क पछिमात्रै फाट्छ वा खुल्छ भन्ने कुरा पनि सत्य होइन । त्यसकारण विवाहअगाडि यौनसम्पर्क राखे÷नराखेको हुरा स्पष्ट रूपमा भन्नुपर्दा सेक्स गर्ने व्यक्तिबाहेक अरूले पछि थाहा पाउन सक्दैन ।

यौनसम्पर्क राख्दा योनी खुकुलो हुन्छ भन्ने कुरा पनि गलत हो । योनी आवश्यकताको बेला रक्तसञ्चालनको कारण आफैँ खुकुलो र कसिलो हुने अंग हो । महिलालाई यौन उत्तेजना नभएको बेला योनीमार्गमा एउटा औँला पनि पसाउन अप्ठ्यारो हुन सक्छ भने यौन उत्तेजना भएको बेला कुनै पनि आकारको लिंग यसभित्र पस्न सक्छ । अझ बच्चा पाउने बेलामा बच्चा पाउने हदसम्म पनि खुकुलो हुन सक्छ ।

यो सबैले बुझेको कुरा भयो ।

जसरी आवश्यक भएको बेलामा योनी खुकुलो हुन सक्ने कुरा वैज्ञानिक सत्य हो, त्यसै गरी यौनसम्पर्कपछि योनीले आफ्नो पुरानै तनाव र आकार ग्रहण गर्ने कुरा पनि वैज्ञानिक सत्य हो । यसका लागि एउटा उदाहरण दिँदा कुरा बुझ्न अझ सजिलो होला । ठूलो गाँस खाना खाएर मुख वा खाएको कुरा पेटसम्म लैजाने खाद्यनली खुकुलो वा ठूलो हुन्छन् र ? हुँदैनन् नि । त्यसैले यौनसम्पर्कपछि योनी खुकुलो हुँदैन । -एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै