१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांसदद्वारा भ्रष्टाचार, हिंसा, महामारी र विपद्का घटना रोक्न माग

२६ श्रावण २०७८, मंगलवार ०९:२०

साउन २६, काठमाडौँ । सांसदहरुले मुलुकमा देखिएको भ्रष्टाचार, अनियमितता, कोभिड–१९ को महामारी, मनसुनजन्य विपद्जस्ता घटना न्यूनीकरणमा गम्भीरतापूर्वक लाग्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ । राष्ट्रियसभाको आजको विशेष समयमा बोल्दै उहाँहरुले बाढीपहिरोबाट प्रभावितको पुनःस्थापनका साथै उनीहरुलाई उचित क्षतिपूर्ति दिन पनि माग गर्नुभएको छ । 

बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका सांसद तारादेवी भट्टले देशभर बाढीपहिरोबाट अत्यधिक क्षति पुगेकाले पीडितलाई उचित क्षतिपूर्तिका लागि सरकारसँग माग गर्नुभयो । उहाँले क्षति कम बेहोर्न दीर्घकालीन योजनाको खाँचो रहेको औँल्याउँदै भारतसँग देखिएको समस्या कूटनीतिक रुपमा समाधान गर्न पनि आग्रह गर्नुभयो । सोही पार्टीका सांसद रमेशजङ्ग रायमाझीले मुलुकको विकासका लागि र सरकारले बाटो नविराओस् भनेर गठबन्धन दलबाट साझा कार्यक्रम सार्वजनिक गरिसकेको बताउनुभयो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई कम्तीमा काम गर्न दिन पनि आग्रह गर्दै उहाँले सरकारले आगामी दिनमा जनताको पक्षमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीलाई उन्मूलन नगर्दासम्म मुलुकले सोचे अनुसारको विकास गर्न नसकिने बताउनुभयो । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन पनि उहाँले सरकारसँग आग्रह गर्नुभयो । कतिपय जिल्लामा विद्युत्लगायत विकास निर्माण कार्य अधुरै रहेकाले प्रक्रिया अघि बढाएर अधुरा योजना सम्पन्न गर्न सरकारसँग उहाँले अनुरोध गर्नुभयो । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का खिमलाल भट्टराईले एक महिना पुग्दा पनि सरकारले पूर्णता नपाउनु दुःखद भएको उल्लेख गर्नुभयो । सत्ताधारी दलको आलोचना गर्दै उहाँले राजनीतिक दल बलियो भए मात्रै लोकतन्त्र बलियो हुने भनाइ राख्नुभयो । 

सोही पार्टीका सांसद बिमला घिमिरेले दार्चुला घटनाका पीडितलाई उचित क्षतिपूर्ति दिलाउन सरकारसँग माग गर्नुभयो । कोरोनाविरुद्धको खोप लगाउने कार्य अव्यवस्थित भएकाले कोरोना सङ्क्रमण झन बढ्ने स्थितितर्फ उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । कक्षा १२ को परीक्षा स्थगित गर्दा विद्यार्थी मारमा परेकोमा उहाँले चिन्ता प्रकट गर्नुभयो । सोही पार्टीका अगमप्रसाद वान्तवा राईले इलामको चिया  बगानका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । बगानले कर नतिरेको भन्ने गुनासोको वास्तविकता सार्वजनिक गर्न पनि सरकारसँग उहाँले माग गर्नुभयो । उहाँले चिया बगानलाई पर्यटन विकासमा भरपुर उपयोग गर्नु पनि आग्रह गर्नुभयो । एमालेकै तुलसाकुमारी दाहालले सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेर भूमिहीनको समस्या बल्झाएको बताउँदै भारतीय सीमा क्षेत्रमा रहेका सीमान्तकृत र दलित परिवारको उचित व्यवस्थापनका लागि सरकारसँग माग गर्नुभयो । त्यहाँका परिवारलाई भारतीय सीमा सुरक्षाकर्मीबाट ज्यादती हुने गरेकातर्फ उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । दाहालले समानतामा आधारित सिद्धान्त लागू गर्न पनि आग्रह गर्नुभयो ।

एमालेकै उदया शर्मा पौडेलले महिला तथा बालबालिकामाथि कार्यक्षेत्रमा हुने हिंसा र दुव्र्यवहार रोक्न र उनीहरुलाई सुरक्षा प्रदान गर्न सरकारसँग अनुरोध गर्नुभयो । हिंसा र दुव्र्यवहारका घटना बढ्दो क्रममा रहेकाले तत्काल हिंसा र दुव्र्यवहारसम्बन्धी महासन्धी अनुमोदन गर्न पनि उहाँले माग गर्नुभयो । उहाँले छाडा र अपमानजनक शब्द प्रयोग गरेर गीत बनाउने क्रम देखिएकाले यसतर्फ कलाकारलाई सचेत गर्न पनि माग गर्नुभयो ।  

अर्का सांसद ठगेन्द्रप्रकाश पूरीले कोभिड– १९ सबैको साझा समस्या रहेकाले सबैले कर्तव्यका साथ सामना गर्न अनुरोध गर्नुभयो । उहाँले खोप अभियान बिना भेद्भाव र सरल रुपमा वितरण गर्नुपर्ने बताउनुभयो । उहाँले ४७ हजारले कोरोना बीमा रकम प्राप्त गरेपनि एक लाख ९६ हजार बढीले बीमा रकम प्राप्त गर्न नसकेकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक