२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ड्राइभिङ लाइसेन्स परीक्षाको पर्खाइमा लाखौं सेवाग्राही

२९ श्रावण २०७८, शुक्रबार ०१:४२

साउन २९, काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) का लागि लाखौं मानिस पर्खाइमा रहेको पाइएको छ ।

कोभिड–१९ को नियन्त्रणका लागि सरकारले गत वर्षदेखि गरेको लकडाउन, निषेधाज्ञालगायतका कारण लामो समयदेखि सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन हुन सकेको छैन ।

सरकारले गत वर्षको लकडाउन अन्त्यपछि सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारामसमेत खुलाएको थियो । अनलाइन फाराम भर्ने लाखौं सेवाग्राहीले परीक्षा दिन भने पाएका छैनन् ।

यातायात व्यवस्था विभागले १ भदौदेखि लाइसेन्सका लागि लिइने लिखित तथा प्रयोगात्मक परीक्षा र परीक्षाका लागि आवेदन खोल्ने तयारी गरेको तत्काल नखुल्ने देखिएको छ ।

पछिल्लो समय कोभिड–१९ को नयाँ संक्रमण तीव्र रूपमा फैलिएकोसँगै सरकार तत्काल परीक्षा सञ्चालन नगर्नेमा पुगेको हो ।

विभागका महानिर्देशक नमराज घिमिरेले यसअघि साउन अन्तिमसम्ममा लाइसेन्सका लागि लिइने लिखित तथा प्रयोगात्मक परीक्षा र परीक्षा खुलाउने तयारी गरेका थिए । तर, संक्रमण बढ्न थालेपछि विभाग अहिले नै परीक्षा खुलाउनेबाट पछि हटेको छ ।

संक्रमण बढेसँगै सरकारले बिहीबारदेखि राति ८ बजेपछि सवारीसाधन सञ्चालनमा समेत रोक लगाएको छ । कतिपय स्थानमा स्थानीय तहले निषेधाज्ञा जारी गर्ने तयारीसमेत गरेका छन् ।

लाइसेन्सको नियमित रूपमा परीक्षा सञ्चालन हुन नसक्दा परीक्षा दिनेहरू लामो समयदेखि पालो कुर्नुपर्नेमा पुगेका हुन् । १८ वर्ष उमेर पुगेपछि लाइसेन्स लिन पाउने व्यवस्था छ । तर, निषेधाज्ञाअघि नै करिब ६ लाख जनाले लाइसेन्स परीक्षाका लागि आवेदन दिएको विभागले जनाएको छ ।

विभागले हाल देशभर करिब १३ लाखले नयाँ लाइसेन्सका लागि कुरेको हुन सक्ने अनुमान गरेको छ । यसअघि वार्षिक रूपमा ६ लाखले लाइसेन्सका लागि परीक्षा दिने गरेको विभागको तथ्यांकले देखाउँछ ।

सरकारले पछिल्ला वर्षदेखि स्मार्ट लाइसेन्स वितरण सुरु गरेको थियो । २० लाखले स्मार्ट लाइसेन्स लिएको र ७ लाखले स्मार्ट लाइसेन्सका लागि आवेदन दिएको विभागले जनाएको छ । जबिनै सदस्यता स्वीकृत गरिएको उल्लेख गरेका छन्।   यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य