2026-09-22 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

संघीय सरकारलाई धुर्कोट गाउँपालिकाको पत्र : बाँदर कसरी नियन्त्रण गर्ने ?

हुमाकान्त पोखरेल । भदौ १, तम्घास (रासस)। गुल्मीको धुर्कोट गाउँपालिका–५ वस्तुकी पार्वता भण्डारीको घर नजिकै एक हलको बारी छ । खेतीमा  रोग नलागे र जङ्गली जनावरले नोक्सान नगरे छ मुरी मकै उत्पादन हुन्छ । ५/६ वर्षपहिलेसम्म साढे पाँचदेखि छ मुरीसम्म मकै भित्र्याएकी उहाँले यस वर्ष भने एक मुरी जति मकै स्याहार्नुभयो । 

कारण हो, बाँदरले मकै नोक्सानी गर्नु । “राम्रै फले त छ मुरीसम्म हुन्थे तर अहिले एक मुरी पनि पुग्न मुस्किल छ,” उहाँले भन्नुभयो, “मुख्य बाली नै नोक्सानी भए पनि निराशा हुँदोरहेछ ।” उहाँको घरमा उहाँसँगै छोरा, बुहारी र छोरी छन् । बिहानदेखि बेलुकीसम्म चारैजना बारीमा बसेर बाँदर हेर्दासमेत मकै जोगाउन नसकिएको उहाँले गुनासो गर्नुभयो । गत वैशाख ११ गते छरेको मकै भदौको अन्तिमतिर स्याहार्ने समय हो । बाँदर आतङ्कले गर्दा एक महिनाअगाडि गत साउनको अन्तिमतिर नै स्याहार्न बाध्य भएको उहाँले गुनासो गर्नुभयो ।  

वस्तुकै जितेन्द्र भण्डारीको पाँच रोपनी बारीमा आठदेखि १० मुरीसम्म मकै उत्पादन हुन्छ । मकै छरेपछि एकोहोर्याउने समयदेखि स्याहार्ने बेलासम्म लगातार बाँदर आइरह्यो । मकैमा दाना लागेदेखि बाँदरले बढी सताउन थाल्यो । अहिलेसम्म १८ देखि २० डोका अर्थात् चार मुरीभन्दा बढी मकै बाँदरले नोक्सान गरेको उहाँले गुनासो गर्नुभयो । 

“एक पटकमा ९० देखि सयसम्म बाँदरको हूल आउँछ”, उहाँले भन्नुभयो, “बिहानदेखि बेलुकासम्म हामीहरुको ड्युटी बाँदर धपाउने हो ।” उहाँले बाँदरले मकै नोक्सानी गरेपछि बाँकी रहेका मकै समयअगावै स्याहारेको र बाँदरबाट गाउँले नै हैरान भएको उहाँले बताउनुभयो । “बाँदर धपाउने बन्दुक दिगो समाधान होइन रहेछ,” उहाँले भन्नुभयो, “बाँदरका अगाडि आत्मसमर्पण गरेजस्तै भयो ।” 

उहाँले बाँदरकै कारण वस्तुमा अधिकांश जग्गा बाझिएको गुनासो गर्नुभयोे । बाँदरले वस्तुका झण्डै दुई तिहाइ कृषक हैरानी खेपेका छन् । त्यसका साथै जैसिथोक, रेसुङ्गा नगरपालिकाको चेक्मी, गुरुङगाउँ, मालिका गाउँपालिकाका विभिन्न वडाहरुलगायत जिल्लाका अधिकांश क्षेत्रमा बाँदरले सताउने गर्दछ । बाँदर नियन्त्रणका लागि गत वर्ष धुर्कोट गाउँपालिकाले २३  बाँदर धपाउने यन्त्र ल्याएको थियो । ठूलो आवाज निस्कने भएकाले केही बेर बाँदर भागे पनि फर्केर आउने समस्याले उक्त यन्त्र पनि प्रभावकारी नदेखिएको गाउँपालिका उपाध्यक्ष शिवबहादुर खत्रीले बताउनुभयो । 

उहाँले गाउँकार्यपालिकाले सङ्घीय सरकारलाई बाँदर नियन्त्रण गर्ने उपाय खोजी गर्न निर्णय नै गरेर पठाए पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो । जिल्ला वन कार्यालयका प्रमुख प्रभात सापकोटाले जिल्लामा बाँदर नियन्त्रणका लागि कार्यक्रम नभएको प्रतिक्रिया दिनुभयो । यसका लागि अहिलेसम्म अपनाएका सबै उपाय दिगो नभएकाले कार्यालयले पनि ठोस कार्यक्रम नराखेको उहाँको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो