२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

संघीय सरकारलाई धुर्कोट गाउँपालिकाको पत्र : बाँदर कसरी नियन्त्रण गर्ने ?

१ भाद्र २०७८, मंगलवार ११:५६

हुमाकान्त पोखरेल । भदौ १, तम्घास (रासस)। गुल्मीको धुर्कोट गाउँपालिका–५ वस्तुकी पार्वता भण्डारीको घर नजिकै एक हलको बारी छ । खेतीमा  रोग नलागे र जङ्गली जनावरले नोक्सान नगरे छ मुरी मकै उत्पादन हुन्छ । ५/६ वर्षपहिलेसम्म साढे पाँचदेखि छ मुरीसम्म मकै भित्र्याएकी उहाँले यस वर्ष भने एक मुरी जति मकै स्याहार्नुभयो । 

कारण हो, बाँदरले मकै नोक्सानी गर्नु । “राम्रै फले त छ मुरीसम्म हुन्थे तर अहिले एक मुरी पनि पुग्न मुस्किल छ,” उहाँले भन्नुभयो, “मुख्य बाली नै नोक्सानी भए पनि निराशा हुँदोरहेछ ।” उहाँको घरमा उहाँसँगै छोरा, बुहारी र छोरी छन् । बिहानदेखि बेलुकीसम्म चारैजना बारीमा बसेर बाँदर हेर्दासमेत मकै जोगाउन नसकिएको उहाँले गुनासो गर्नुभयो । गत वैशाख ११ गते छरेको मकै भदौको अन्तिमतिर स्याहार्ने समय हो । बाँदर आतङ्कले गर्दा एक महिनाअगाडि गत साउनको अन्तिमतिर नै स्याहार्न बाध्य भएको उहाँले गुनासो गर्नुभयो ।  

वस्तुकै जितेन्द्र भण्डारीको पाँच रोपनी बारीमा आठदेखि १० मुरीसम्म मकै उत्पादन हुन्छ । मकै छरेपछि एकोहोर्याउने समयदेखि स्याहार्ने बेलासम्म लगातार बाँदर आइरह्यो । मकैमा दाना लागेदेखि बाँदरले बढी सताउन थाल्यो । अहिलेसम्म १८ देखि २० डोका अर्थात् चार मुरीभन्दा बढी मकै बाँदरले नोक्सान गरेको उहाँले गुनासो गर्नुभयो । 

“एक पटकमा ९० देखि सयसम्म बाँदरको हूल आउँछ”, उहाँले भन्नुभयो, “बिहानदेखि बेलुकासम्म हामीहरुको ड्युटी बाँदर धपाउने हो ।” उहाँले बाँदरले मकै नोक्सानी गरेपछि बाँकी रहेका मकै समयअगावै स्याहारेको र बाँदरबाट गाउँले नै हैरान भएको उहाँले बताउनुभयो । “बाँदर धपाउने बन्दुक दिगो समाधान होइन रहेछ,” उहाँले भन्नुभयो, “बाँदरका अगाडि आत्मसमर्पण गरेजस्तै भयो ।” 

उहाँले बाँदरकै कारण वस्तुमा अधिकांश जग्गा बाझिएको गुनासो गर्नुभयोे । बाँदरले वस्तुका झण्डै दुई तिहाइ कृषक हैरानी खेपेका छन् । त्यसका साथै जैसिथोक, रेसुङ्गा नगरपालिकाको चेक्मी, गुरुङगाउँ, मालिका गाउँपालिकाका विभिन्न वडाहरुलगायत जिल्लाका अधिकांश क्षेत्रमा बाँदरले सताउने गर्दछ । बाँदर नियन्त्रणका लागि गत वर्ष धुर्कोट गाउँपालिकाले २३  बाँदर धपाउने यन्त्र ल्याएको थियो । ठूलो आवाज निस्कने भएकाले केही बेर बाँदर भागे पनि फर्केर आउने समस्याले उक्त यन्त्र पनि प्रभावकारी नदेखिएको गाउँपालिका उपाध्यक्ष शिवबहादुर खत्रीले बताउनुभयो । 

उहाँले गाउँकार्यपालिकाले सङ्घीय सरकारलाई बाँदर नियन्त्रण गर्ने उपाय खोजी गर्न निर्णय नै गरेर पठाए पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो । जिल्ला वन कार्यालयका प्रमुख प्रभात सापकोटाले जिल्लामा बाँदर नियन्त्रणका लागि कार्यक्रम नभएको प्रतिक्रिया दिनुभयो । यसका लागि अहिलेसम्म अपनाएका सबै उपाय दिगो नभएकाले कार्यालयले पनि ठोस कार्यक्रम नराखेको उहाँको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ