२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्यूजिल्याण्डमा एक व्यक्ति कोभिड–१९ सङ्क्रमित भेटिएपछि तीन दिन लकडाउन

२०७८, १ भाद्र मंगलवार १५:४५

भदौ  १, विलिङटन (रासस/एएफपी) । न्यूजिल्याण्डमा एक जना नागरिकमा कोरोना संक्रमण देखिएपछि यहाँको सरकारले तीन दिनका लागि राष्ट्रव्यापी लकडाउनको घोषणा गरेको छ ।

न्यूजिल्याण्डले कोभिड–१९ सङ्क्रमण बिस्तार नहोस भनी तीन दिन देशव्यापी लकडाउन गरेको छ भने कोरोना संक्रमित भेटिएको अकल्याण्ड सहरमा एक हप्ता लकडाउन हुने घोषणा गरिएको छ । मुलुकको अन्य स्थानमा तीन दिनपछि लकडाउन हट्नेछ ।

न्यूजिल्याण्डका अधिकारीहरूले अहिले भेटिएको कोरोना संक्रमण डेल्टा भेरियन्टको हो कि भनेर सुरक्षा सतर्कता बढाइएको बताएका छन् ।

अहिले न्यूजिल्याण्डका करिब २० प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । 

न्यूजिल्याण्डमा भेटिएका कोरोना संक्रमितले भ्रमण गरेको मान्डेल सहरमा पनि एक साताको लकडाउन गरिएको छ ।

प्रधानमन्त्री ज्यासिन्डा अर्डनले लकडाउन अवधिमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द हुने बताउनुभएको छ ।

न्यूजिल्याण्ड कोरोना संक्रमणलाई नियन्त्रणमा सफल भएको मुलुक हो । यहाँ पछिल्लो छ महिना एता एक जनामा पनि कोरोना भाइरसको संक्रमण देखिएको थिएन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध