२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एस्ट्राजेनेका खोपको पहिलो मात्रा दिइँदै, को कसले पाउंछन् लगाउन ?

२०७८, २ भाद्र बुधबार १०:१७

भदौ २, काठमाडौँ । काठमाडौँ स्वास्थ्य कार्यालयले कोरोना भाइरसविरुद्धको एस्ट्राजेनिका खोपको पहिलो मात्रा सर्वसाधारणलाई दिन थालेको छ । विद्युतीय दर्ता गराएका सर्वसाधारणलाई कार्यालयले एस्ट्राजेनिकाको पहिलो मात्रा दिइन थालेको हो । कार्यालय प्रमुख बद्रीबहादुर खड्काले यही भदौ १ गतेदेखि विद्युतीय दर्ता गराएका सर्वसाधारणलाई खोप लगाउन थालिएको जानकारी दिनुभयो । 

जापान र भूटानबाट आएको एस्ट्राजेनिका खोपको दोस्रो मात्रा लगाएको बचेपछि विद्युतीय दर्ता गराएका सर्वसाधारणलाई पहिलो मात्रा खोप दिन थालिएको हो । भूटानबाट दुई लाख ३० हजार र जापानबाट पाँच लाख १३ हजार मात्रा एस्ट्राजेनिका खोप प्राप्त भएको थियो । पैसठ्ठी वर्षमाथिका उमेर समूहका करिब साढे १४ लाख व्यक्तिलाई ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाएकालाई भूटान र जापानबाट प्राप्त एस्ट्राजेनिका खोप प्रदान गरिएको थियो । 

स्वास्थ्य सेवा विभागका खोप तथा बालस्वास्थ्य शाखाप्रमुख डा झलक शर्मा गौतमले सबै ज्येष्ठ नागरिकले दोस्रो मात्राका रुपमा एस्ट्राजेनिका नलगाएको हुनाले बचेको हुनसक्ने बताउनुभयो । काठमाडाँै जिल्लाका सबै स्थानीय तहमा खोप लगाउन थालिएको छ । कार्यालयका अनुसार काठमाडौँ महानगरपालिकाका पाँच खोप केन्द्र तथा कीर्तिपुर, तारेश्वर, नागार्जुन, बूढानीलकण्ठ, कागेश्वरी–मनहरा, टोखा र गोकर्णेश्वर नगरपालिकामा एक÷एक खोप केन्द्र तोकिएको छ । 

महानगरपालिकामा राधस्वामी आइसोलेशन सेन्टर, नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र निजामती कर्मचारी अस्पताललाई खोप केन्द्र तोकिएको छ । कार्यालयले महानगरपालिकामा आवश्यकताअनुसार खोप केन्द्र थप्ने बताएको छ । अहिलेसम्म नेपालमा ४७ लाख ६४ हजार आठ सय ६५ व्यक्तिले पहिलो मात्रा र ३५ लाख ८६ हजार ६७३ ले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित