३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति संक्रमित ?

साझासवाल
2 Min Read

भदौ ३, काठमाडौं । पछिल्लो २४ घण्टामा ३,०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ९ सय ४६ पीसीआर परीक्षण गर्दा २ हजार ३२१ जना र ४ हजार ४९२ एन्टिजेन परीक्षण गर्दा ७ सय ५४ गरी ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ भने २ हजार १२६ जना निको भएका छन् । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ४२ हजार २२८ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ४२९ पुगेको छ भने ६ लाख९१ हजार २२९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ५सयजना रहेका छन् । जसमध्ये ३७ हजार ११४ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३८३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७३९ जना आईसीयू र १६८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ७३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ९४ जना कोरोना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ६३९, कास्कीमा २०२, झापामा १८७, ललितपुरमा १२७, मोरङमा ११९, चितवनमा १०२ र भक्तपुरमा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सुनसरी र बागलुङमा ९१/९१ जना, काभ्रेपलाञ्चोक रुपन्देहीमा ५३/५३ जना, मकवानपुर र सुर्खेतमा ४६/४६ जना, गोरखामा ४५, बाँकेमा ३४ जना कोरोाना संक्रमित थपिएका छन् ।

नुवाकोटमा २९, दोलखामा २८, नवलपरासी पूर्वमा २६,स्याङजा र दाङमा २२/२२ जना, तनहुँमा १४ जना, कैलालीमा १२, पाँचथर र म्‍याग्दीमा ११/११ जना तथा धादिङ र गुल्मीमा १०/१० जना कोरोना संक्रमित थपिएको मन्त्रालययले जनाएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply