पढ्न करिब 1 मिनेट लाग्छ

साउन ४, काठमाडौँ | पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमित हुनेको संख्या थप ३ हजार ४२ जना रहेको छ । १० हजार ५३० पीसीआर परीक्षण गर्दा २ हजार ७९ र ७ हजार १२४ नमुनाको एन्टिजेन परीक्षण गर्दा ९६३ जना गरी ३ हजार ४२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गत २४ घण्टामा कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको छ भने २ हजार २४४ जना निको भएका छन् ।

नेपालमा कोरोना कोरोना संक्रमितको कुल संख्या ८ लाख २३ हजार ६४७ पुगेको छ । तीमध्ये ६ लाख ९३ हजार ५४३ जना निको भएका छन् भने १० हजार ४५५ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार देशभर रहेका सक्रिय संक्रमितमध्ये ३६ हजार ९२२ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा रहेका ३ हजार ३८७ जनामध्ये ७१४ जनाको आईसीयू र १७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

गत २४ घण्टामा थपिएका संक्रमितमध्ये ८९८ जना काठमाडौं उपत्यकाका हुन् ।