2026-09-19 01:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिहान ओछयानबाट उठ्ने वित्तिकै चक्कर लाग्नु घातक रोगको संकेत

भदौ ७, काठमाडौं । बिहान ओछयानबाट उठ्ने वित्तिकै चक्कर लाग्ने समस्या देखिनु भनेको खतरनाक रोगको संकेत भएको चिकित्सकहरुले बताएका छन् । 

बिहान उठ्ने वित्तिकै टाउको दुख्ने, चक्कर लाग्ने जस्ता समस्यालाई मेडिकल भाषामा पोस्टुरल हाइपोटेन्शन भनिन्छ । यसले शरीरमा रक्तचापको मात्रालाई असामान्य तरिकाले घटाउँछ । यस्तो समस्यालाई बेवास्ता गर्नु खतरनाक हुनसक्छ ।

चिकित्सकहरुले यस्तो लक्षण गम्भीर भएको बताएका छन् । यसलाई बेवास्ता गर्दा भारी मूल्य चुकाउनुपर्ने समेत बताएका छन् । यस्तो लक्षणले शरीरमा मुटुरोग, डिप्रेशन, डिमेन्शिया र मृत्यु हुनेसम्मको खतराको संकेत गर्छ । 

पोस्टुरल हाइपोटेन्शन उमेरसँगै बढ्ने गर्छ । ६० वर्षभन्दा बढी उमेरमा पाँच जनामध्ये एक जना यो समस्याको सिकार हुने गर्छन् । यस्तै, ६५ देखि ६९ वर्षसम्मका करिब १५ प्रतिशत मानिसहरु यो समस्याको सिकार हुने गर्छन्  । भने, ८५ वर्षभन्दा बढी उमेरका २५ प्रतिशत मानिसहरुमा पोस्टुरल हाइपोटेन्शन हुनसक्छ ।

विशेषज्ञका अनुसार क्लासिक पोस्टुरल हाइपोटेन्शन ओछ्यानबाट उठ्नेवित्तिकै तीन मिनेटसम्म कुनै पनि व्यक्तिमा देखिन सक्छ । भने, डिलेड पोस्टुरल हाइपोटेन्शनमा मानिसहरु तीन मिनेटभन्दा धेरै समयसम्म समस्या हुनसक्छ । यसले गर्दा खानाले समेत बिरामी गराउन सक्छ ।

ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित एक रिपोर्टका अनुसार अर्तजा गिलानी र उनका सहयोगीले बताए अनुसार PHoT पार्किन्सन, मधुमेह, भिटामिन B12 को कमि, रेनल फेलियर, अटोइम्युन डिसअर्डर र क्यान्सर जस्ता भयंकर बिरामीको संकेत गर्छ । एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई