२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिहान ओछयानबाट उठ्ने वित्तिकै चक्कर लाग्नु घातक रोगको संकेत

७ भाद्र २०७८, सोमबार ०५:२७

भदौ ७, काठमाडौं । बिहान ओछयानबाट उठ्ने वित्तिकै चक्कर लाग्ने समस्या देखिनु भनेको खतरनाक रोगको संकेत भएको चिकित्सकहरुले बताएका छन् । 

बिहान उठ्ने वित्तिकै टाउको दुख्ने, चक्कर लाग्ने जस्ता समस्यालाई मेडिकल भाषामा पोस्टुरल हाइपोटेन्शन भनिन्छ । यसले शरीरमा रक्तचापको मात्रालाई असामान्य तरिकाले घटाउँछ । यस्तो समस्यालाई बेवास्ता गर्नु खतरनाक हुनसक्छ ।

चिकित्सकहरुले यस्तो लक्षण गम्भीर भएको बताएका छन् । यसलाई बेवास्ता गर्दा भारी मूल्य चुकाउनुपर्ने समेत बताएका छन् । यस्तो लक्षणले शरीरमा मुटुरोग, डिप्रेशन, डिमेन्शिया र मृत्यु हुनेसम्मको खतराको संकेत गर्छ । 

पोस्टुरल हाइपोटेन्शन उमेरसँगै बढ्ने गर्छ । ६० वर्षभन्दा बढी उमेरमा पाँच जनामध्ये एक जना यो समस्याको सिकार हुने गर्छन् । यस्तै, ६५ देखि ६९ वर्षसम्मका करिब १५ प्रतिशत मानिसहरु यो समस्याको सिकार हुने गर्छन्  । भने, ८५ वर्षभन्दा बढी उमेरका २५ प्रतिशत मानिसहरुमा पोस्टुरल हाइपोटेन्शन हुनसक्छ ।

विशेषज्ञका अनुसार क्लासिक पोस्टुरल हाइपोटेन्शन ओछ्यानबाट उठ्नेवित्तिकै तीन मिनेटसम्म कुनै पनि व्यक्तिमा देखिन सक्छ । भने, डिलेड पोस्टुरल हाइपोटेन्शनमा मानिसहरु तीन मिनेटभन्दा धेरै समयसम्म समस्या हुनसक्छ । यसले गर्दा खानाले समेत बिरामी गराउन सक्छ ।

ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित एक रिपोर्टका अनुसार अर्तजा गिलानी र उनका सहयोगीले बताए अनुसार PHoT पार्किन्सन, मधुमेह, भिटामिन B12 को कमि, रेनल फेलियर, अटोइम्युन डिसअर्डर र क्यान्सर जस्ता भयंकर बिरामीको संकेत गर्छ । एजेन्सीको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान