१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकीकृत समाजवादीमा ५५ केन्द्रीय सदस्यले सनाखत गरे

९ भाद्र २०७८, बुधबार ०८:३९

भदौ ९, काठमाडौँ | नेकपा एमालेबाट अलग्गिएर नयाँ बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा साविकको एमालेका ५५ जना केन्द्रीय सदस्यहरुले निर्वाचन आयोगमा सनाखत गरेका छन् ।

सनाखतका क्रममा पार्टी अध्यक्ष माधव नेपाल सवैभन्दा पहिला निर्वाचन आयोग पुगेका थिए । त्यसपछि रामकुमारी झाँक्री, प्रेम आले, किसन श्रेष्ठ, गंगालाल तुलाधर लगायतका नेताहरु आयोग पुगेका थिए । दुई दिनयता नेपाल पक्षीय नेताहरु भेलाको क्रममा चन्द्रागिरिको रिसोर्टमा बसेका थिए । उनिहरु चन्द्रागिरीबाट पर्यटक बस चढेर सिधै निर्वाचन आयोग गएका हुन् । 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल बुधबार निर्वाचन आयोगमा दल दर्ताका लागि सनाखत गरेपछि अभिवादन गर्दै । तस्बिरः रत्न श्रेष्ठ/रासस

निर्वाचन आयोगले सनाखतको लागि २ बजेसम्मको समय दिएको थियो । नेकपा एमाले विभाजन भएर बनेको नयाँ पार्टी दर्ताका लागि नेता झलनाथ खनालले भारतको नयाँदिल्लीबाटै सनाखत गरेका छन्। 

सनाखत गरेसँगै नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) बिधिबत रुपमै निर्वाचन आयोगमा दर्ता हुने भएको छ । केही समयअघि जारी भएको अध्यादेशअनुसार कुनै दल विभाजन हुन केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत बहुमत पुग्ने व्यवस्था छ। जस अनुसार एमालेबाट विभाजन भएका नेपाल पक्षले नयाँ पार्टीको मान्यता पाउनको लागि ४१ जना आवश्यक पर्छ । केन्द्रीय सदस्यको सनाखत संख्याको आधारमा नेपाल नेतृत्वको नयाँ दलले वैधता पाउने देखिएको छ । 

निर्वाचन आयोगमा दल दर्ताका लागि सनाखत गर्न पुग्नु भएका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेत्री रामकुमारी झाँक्री । तस्बिरः रत्न श्रेष्ठ/रासस

निर्वाचन आयोगमा दल दर्ताका लागि सनाखत गर्न पुग्नु भएका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेत्री रामकुमारी झाँक्री । तस्बिरः रत्न श्रेष्ठ/रासस 

निर्वाचन आयोगमा दल दर्ताका लागि सनाखत गर्न पुग्नुभएका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेताहरु सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक