२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थप दुई हजार ४८२ मा सङ्क्रमण, ४४ जनाको मृत्यु

९ भाद्र २०७८, बुधबार १२:५९

भदौ ९, काठमाडौँ | पछिल्लो २४ घण्टामा दुई हजार ४८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय १५ हजार २९० जनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

सो अवधिमा एक हजार ८१ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा सात लाख तीन हजार ९६४ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९३ दशमलव ५ प्रतिशत छ ।

हालसम्म नेपालमा ४३ लाख चार हजार ६७२ जनाको कोरोना परीक्षण भएकामा आठ लाख ३४ हजार ४५० मा सङ्क्रमण देखिएको छ । हालसम्म सात लाख तीन हजार ९६४ सङ्क्रमणमुक्त  भएको मन्त्रालयले जानकारी गराएको छ ।   

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार २८७ रहेको छ । होम आइसोलेसनमा ३५ हजार २५० छन् भने  संस्थागत आइसोलेसनमा तीन हजार ३७ छन् । देशभर ६१० सङ्क्रमितको सघन उपचार कक्षमा तथा १६१ सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 

चौवालीस सङ्क्रमितको मृत्यु  

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट थप ४४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ६१२ पुगेको मन्त्रालयले जनाएको छ ।  

काठमाडौँ उपत्यकामा ५४५ सङ्क्रमित थपिए 

सो अवधिमा काठमाडौँ उपत्यकामा ५४५ जना सङ्क्रमित थपिएका छन् । तीमध्ये काठमाडौँमा ५१५, ललितपुरमा ८८ तथा भक्तपुरमा १४२ जनामा भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान