2026-07-11 02:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीले उद्घाटन गरेका आयोजनाको बाँकी कामलाई तत्काल सम्पन्न गर्न देउवाको निर्देशन

भदौ १०,  काठमाडौं  । प्रधानमन्त्री शेरबहादुर देउवाले अघिल्लो सरकारबाट निर्माण सम्पन्न नहुँदै उद्घाटन गरिएका आयोजनाको बाँकी कामलाई तत्काल सम्पन्न गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री  शेरबहादुर  देउवाको  अध्यक्षतामा  बुधबार  बसेको  राष्ट्रिय  पुनर्निर्माण  प्राधिकरणको  २०औँ  निर्देशक  समितिको  बैठकमा  प्राधिकरणका  पदाधिकारीलाई उनले यस्तो निर्देशन दिए ।

बैठकमा प्रधानमन्त्रीले निर्माण सम्पन्न नहुँदै हतार हतारमा उद्घाटन भएका तर काम अझै बाँकी रहेका आयोजनाको  काम  प्रभावकारी  ढङ्गले  सञ्चालन  गर्न  र  त्यसका  लागि  सरकारले  सबै  किसिमको  सहयोग  गर्ने  बताए ।

बैठकले  २०७२  साल  वैशाख  १२  गतेको  महाभूकम्पले  क्षति  पु¥याएको  भौतिक संरचना पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण  प्राधिकरणले  आफ्नो  जिम्मेवारी  सम्बद्ध  निकायलाई  हस्तान्तरणमा  लैजाने  निर्णय  भएको  जानकारी  प्रधानमन्त्री  कार्यालयका  उपसचिव  बद्री  तिवारीले  दिए  ।

बैठकपछि  प्राधिकरणका  प्रमुख  कार्यकारी अधिकृत सुशील ज्ञवालीले पत्रकारहरूसँग कुरा गर्दै बाँकी रहेका पुनर्निर्माणका कार्यहरू सम्बन्धित मन्त्रालयमार्फत गरिने निर्णय पनि भएको छ ।

उनका अनुसार विपत् व्यवस्थापनसँग सम्बन्धित कामहरू  राष्ट्रिय  विपत्  जोखिम  न्यूनीकरण  तथा  व्यवस्थापन  आयोजनाबाट  समन्वय,  अनुगमन  तथा  व्यवस्थापन गरिने भएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट