साउन ३२, ताप्लेजुङ । ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि सेमिफाइनल चरणको खेल सुरु हुँदैछ । 

पुरुषतर्फको पहिलो सेमिफाइनल खेलमा आज घरेलु टोली सङ्घर्र्ष स्पोर्टिङ क्लब उकालीपानी, ताप्लेजुङ र इलाम–११ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३२, ताप्लेजुङ । ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि सेमिफाइनल चरणको खेल सुरु हुँदैछ । 

पुरुषतर्फको पहिलो सेमिफाइनल खेलमा आज घरेलु टोली सङ्घर्र्ष स्पोर्टिङ क्लब उकालीपानी, ताप्लेजुङ र इलाम–११ "/>

२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाथीभरा गोल्डकपको सेमिफाइनल आजदेखि

२०७३, ३२ श्रावण मंगलवार ०५:११

साउन ३२, ताप्लेजुङ । ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि सेमिफाइनल चरणको खेल सुरु हुँदैछ । 

पुरुषतर्फको पहिलो सेमिफाइनल खेलमा आज घरेलु टोली सङ्घर्र्ष स्पोर्टिङ क्लब उकालीपानी, ताप्लेजुङ र इलाम–११ भिड्ने भएका छन् । खेल सदरमुकामस्थित भानुजन उच्च माविको खेल मैदानमा दिउँसो २ बजेदेखि सुरु हुनेछ । 

यस्तै, महिलातर्फ सोमबारको विजेता सूर्योदय युथ क्लब जाँते मोरङ र लेकसाइड स्पोर्टिङ क्लब ताप्लेजुङ नगरपालिका–६ बीच खेल हुने आयोजकले जनाएको छ । सो खेल अहिले बिहान ११ बजे सुरु हुनेछ । पुरुषतर्फको सोमबार भएको खेलमा गोर्खा स्पोर्टिङ क्लब दमक झापाद्वारा सिलगुढी भारत १–० गोल अन्तरले पराजित भएको छ । 

खेलको पहिलो हाफको १७औँ मिनेटमा झापाका जर्सी नम्बर ११ का सुजल श्रेष्ठले गरेको गोल नै गोर्खा स्पोर्टिङ क्लबको जितका लागि निर्णायक बन्यो । सो खेलको ‘म्यान अफ दी म्याच’ सिलगुढी भारतका उत्तम गुरुङ घोषित भएका छन् । 

यस्तै, सोमबारदेखि सुरु भएको महिलातर्फको खेलमा मानाभरा युवा क्लब खेजेनिम ताप्लेजुङलाई ३–० गोल अन्तरले पराजित गर्दै सूर्योदय युथ क्लब जाँते मोरङले आफ्नो विजयी यात्रा सुरुवात गरेको छ । 

खेलको पहिलो हाफको १२आँै र १५औँ मिनेटमा मोरङकी संरचना प्रधान र कोपिला खनालले क्रमशः एक÷एक गोल गरेका थिए भने दोस्रो हाफमा मोरङकै दीपा न्यौपानेले थप एक गोल गरेकी थिइन् । यस खेलमा भने संरचना प्रधान म्यान अफ दी म्याच घोसित भएकी छिन् । 

शुक्रबारदेखि जारी रहेको खेल भदौ २ गते सम्पन्न हुनेछ । २०२९ सालदेखि हरेक वर्ष लाखेजात्राका अवसरमा सञ्चालन हुँदै आएको प्रतियोगितामा पछिल्ला वर्षमा विदेशी टोलीको समेत सहभागिता हुन थालेपछि छिमेकी भारतदेखि स्वदेशका विभिन्न जिल्लाबाट समेत दर्शकको ठूलो उपस्थिति हुने गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट