२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘तपाईंको मास्क खोई ?’अभियान : प्रहरीले बाँड्यो १० लाख ४० हजार मास्क

११ भाद्र २०७८, शुक्रबार १३:५३

भदौ ११, काठमाडौँ (रासस)। नेपाल प्रहरीले हालसम्म १० लाख ४० हजार ४८३ मास्क वितरण गरेको छ । कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’  अभियानअन्तर्गत देशभर उक्त मास्क निःशुल्क वितरण गरेको हो । प्रहरीले वैशाख ६ गतेदेखि हालसम्म उक्त मास्क वितरण गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रहरीले पछिल्लो २४ घण्टामा देशभर आठ हजार १२३ मास्क वितरण गरेको छ । प्रहरीले नेपालमा नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण देखिएसँगै सङ्क्रमण रोक्न तथा सुरक्षा मापदण्डलाई कार्यान्वयन गर्नका लागि ‘सङ्क्रमणबाट आफू बचौँ र अरूलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै ?’ लगायतका सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो । 

प्रहरीले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उलङ्घन गर्ने ९२ जनालाई रु नौ हजार २०० जरिवाना गरेको छ । सो क्रममा स्वास्थ्य मापदण्ड उलङ्घन गर्ने दुई हजार १२८ जनालाई रोकी सम्झाइबुझाइ छाडेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य