१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तत्काल उद्धार, राहत र अस्थायी बसोबासको व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन

११ भाद्र २०७८, शुक्रबार १३:५५

भदौ ११, काठमाडौँ (रासस)। गृहमन्त्री बालकृष्ण खाँणले प्राकृतिक विपत्तिबाट अप्ठेरोमा परेकाहरूलाई तत्काल उद्धार, राहत र अस्थायी बसोबासको व्यवस्था गर्न सरोकारवाला निकायका पदाधिकारीहरूलाई निर्देशन दिनुभएको छ । विपद् व्यवस्थापन सम्बन्धमा गृह मन्त्रालयमा आज भएको बैठकमा मन्त्री खाँणले वर्षा भोलिसम्म पर्ने सम्भावना रहेको भन्दै क्षति हुने सम्भावना भएका क्षेत्रका पूर्व तयारी गर्न निर्देशन दिनुभयो । 

“अहिलेसम्म विपत्तिमा परेकाहरूको उद्धार, राहत र आवश्यक परेको स्थानमा बस्ती स्थानान्तरण गर्न देखाएको क्रियाशीलता सराहनीय छ”, मन्त्री खाँणले भन्नुभयो, “वर्षा अझै हुने र क्षति पु¥याउने सम्भावना भएका स्थानमा कसरी रोक्न सकिन्छ, पूर्व तयारी गर्नुहोला, सबैको समन्वयमा काम भइरहेकै छ, अझै पनि समन्वयमै काम हुन आवश्यक छ ।”

कतिपय स्थानमा पुल बगेर सडक र राजमार्ग नै अवरुद्ध भएका र बढी वर्षात भएका कारण गाउँ र बस्ती नै डुबानमा परेकाले ती अवस्थाबाट सहजता ल्याउन के गर्नु पर्ने हो समन्वय गर्न मन्त्री खाँणले निर्देशन दिनुभयो । सडक अवरुद्ध भएका स्थानमा डाइभर्सन, बेलिबृज निर्माण र जनशक्ति खटाएर उद्धार गर्ने काममा तदारुकता देखाउन पनि उहाँले आग्रह गर्नुभयो ।

“प्राकृत्तिक विपत्तिबाट नागरिकको जीवन रक्षा गर्ने सवालमा उपलब्ध स्रोत साधनको उपयोग गरेर काम गर्नुपर्छ,” गृहमन्त्री खाँणले भन्नुभयो, “अहिलेसम्म काम गराइको गतिशीलता राम्रो छ, अझै उत्कृष्ट बनाउनु पर्छ ।”

गृह सचिव टेकनारायण पाण्डेले भोलि बिहानसम्म निरन्तर वर्षा हुने सम्भावना रहेकाले समन्वयमा काम गर्न निर्देशन दिनुभयो । “विपद्मा परेकालाई सुरक्षित स्थानमा ल्याउने, अस्थायी बसोबास निर्माण गर्ने कार्य एकीकृत रूपमा समन्वयात्मक तरिकाले काम गर्नुपर्छ,” गृह सचिव पाण्डेले भन्नुभयो । 

बैठकमा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, नेपाली सेनाका सहायक रथी रामनाथ ढुङ्गाना, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक पुष्पराम केसी, गृह मन्त्रालयका प्रवक्ता फणिन्द्ररमणि पोखरेल, जलस्रोत तथा सिँचाइ विभाग, खानी तथा भूगर्भ विभाग, सडक विभागबाट आ–आफ्नो कार्यक्षेत्रमा पर्ने स्थानमा बर्सात्पछि भएको क्षतिबारे विवरण प्रस्तुत भएको थियो । 

बैठकमा मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सहसचिव हुमकला पाण्डेले अहिलेसम्म बर्सात्पछि भएको प्राकृतिक विपत्तिबारेको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो । उहाँद्वारा बैठकमा प्रस्तुत तथ्याङ्कमा गत जेठ ३१ गतेदेखि अहिलेसम्म ८५ जनाको मृत्यु भएको र ४४ जना बेपत्ता छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डमा दुई पुल र केही डाइभर्सन भत्किएकाले सडक अवरुद्ध रहेको तथा विभिन्न स्थानमा बाढी र पहिरोले गराएको क्षतिबारे जानकारी गराउनुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक