2026-10-10 07:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘पूर्ण बहादुरको सारंगी’ ले अहिलेसम्म कति गर्‍यो ग्रस कलेक्सन?

काठमाडौं | तिहारको लक्ष्मीपूजामा रिलिज भएको फिल्म ‘पूर्ण बहादुरको सारंगी’ ले आक्रामक व्यापार गर्दैछ। वितरक कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले मंगलबार फिल्मको पाँच दिनको ग्रस कलेक्सन सार्वजनिक गर्दै जानकारी दिएको छ।

सोमबारसम्म फिल्मले ४ करोड ८७ लाख रूपैयाँको ग्रस कमाइ गरेको छ। प्रारम्भिक दिनमा दर्शकको चाप कम रहे पनि फिल्मले शनिबारदेखि राम्रो ग्रोथ देखाएको छ। यसको व्यवसायमा बलियो ‘वर्ड अफ माउथ’ ले ठूलो योगदान पुर्याएको छ।

फिल्म हेर्नको लागि दर्शकको चाप बढेसँगै शोहरूको संख्या पनि वृद्धि गरिएको छ। गन्धर्व समुदायको कथामा आधारित यो फिल्ममा विजय बराल प्रमुख भूमिकामा छन्। यसका साथै प्रकाश सपुत, अञ्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, अलिशा बास्तोला, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, माओत्से गुरूङ, जान्वी पौडेल, र स्वयंम केसीजस्ता चर्चित कलाकारहरूको अभिनय छ।

‘पूर्ण बहादुरको सारंगी’ लाई देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले सुपरहिटको मान्यता दिइसकेको छ, जसले यसको लोकप्रियता र व्यापारमा थप वृद्धि गर्न मद्दत गरेको छ। फिल्मको कथा र प्रदर्शनले दर्शकहरूलाई आकर्षित गरिरहेको छ, र यसले तिहारको चाडमा ठूलो प्रभाव छोड्न सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने