सुन्दर बन्ने चाहना कसलाई नहोला र ? सुन्दर बन्ने बहानामा आजकाल बजारमा अनेक प्रकारका क्रिमहरु आएका छन् त्येस्ता क्रिमले अनुहार राम्रो बनाउनुको साटो झन् कुरूप बनाउछ । त्येसैले अनुहार राम्रो बनाउनको लागि यस्ता खानेकुराहरु खानुपर्छ । अनुहारको छालालाई सौन्दर्यको प्रत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सुन्दर बन्ने चाहना कसलाई नहोला र ? सुन्दर बन्ने बहानामा आजकाल बजारमा अनेक प्रकारका क्रिमहरु आएका छन् त्येस्ता क्रिमले अनुहार राम्रो बनाउनुको साटो झन् कुरूप बनाउछ । त्येसैले अनुहार राम्रो बनाउनको लागि यस्ता खानेकुराहरु खानुपर्छ । अनुहारको छालालाई सौन्दर्यको प्रत"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुन्दर देखिन चाहनुहुन्छ ? त्येसो भए यस्ता खानेकुरा खानुस्

३२ श्रावण २०७३, मंगलवार ०६:५९

सुन्दर बन्ने चाहना कसलाई नहोला र ? सुन्दर बन्ने बहानामा आजकाल बजारमा अनेक प्रकारका क्रिमहरु आएका छन् त्येस्ता क्रिमले अनुहार राम्रो बनाउनुको साटो झन् कुरूप बनाउछ । त्येसैले अनुहार राम्रो बनाउनको लागि यस्ता खानेकुराहरु खानुपर्छ । अनुहारको छालालाई सौन्दर्यको प्रतिक मानिन्छ । अनुहारको छाला चम्किलो बनाउन अनेकथरी क्रिम पाउडर घसिन्छ । तर, छाला शरीरकै अंग भएकाले बाहिरी कुराले भन्दा भित्री तत्वले अर्थ राख्छ । खानेकुराका कारण छाला प्रभावित हुन्छ । छाला सुन्दर बनाउन यस्ता खानेकुरा खानुस  

गाँजर, बदाम र सूर्यमुखी फूलको बियाँ - बेटा क्यारोटिन नामक तत्वले छालालाई जवान र स्वस्थ राख्ने कोषिकाहरू उत्पन्न गर्न मद्दत गर्छ । गाजर, सूर्यमुखी फुलको बियाँ, बदाम आदिमा यो तत्व पाइने भएकाले यिनलाई भोजनमा समावेश गर्नु राम्रो हुन्छ ।

ओखर र सोयाबिन – ओमेगा–३ फ्याट्टी एसिडलगायत तत्वले छालालाई सुक्खा हुन दिँदैन । यस्तो फ्याट शरीर आफैँले उत्पादन गर्न नसक्ने भएकाले यो पाइने खाना खानुपर्छ । यस्ता खानाले छालाको सुक्खापन कम हुँदै जान्छ । ओखर, सोयाबिन, माछा, बदाम, एभोकाडो, जैतुनको तेल आदि बेला–बेला खानुपर्छ ।

अमला, कागती र भेडेखुर्सानी - भिटामिन सीयुक्त खाना खानाले छालाको क्षमता बढ्छ, छालाको लचकता पनि बढ्छ र छालालाई सुक्खा हुनबाट जोगाउँछ । अमला, सुन्तला, कागती, भेडे खुर्सानीजस्ता प्रचुर भिटामिन सी पाइने खानामा जोड दिनुपर्छ ।

सी फूड, गेडागुडी  र प्याज – जिंकले शरीरका कोषिकालाई हुर्काउन, बढाउन मद्दत गर्छ । यस्ता कोषिकाले छालालाई जवान र आकर्षक बनाउँछन् । सी–फुड, गेडागुडी र प्याज खानु छालाको स्वास्थका निम्ति फाइदाजनक हुन्छ साथै यसले छालालाई सुन्दर पनि बनाउछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव