२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाको कहरः नियमित खोप प्रभावित

१६ भाद्र २०७८, बुधबार ०९:०३

भदौ १६, काठमाडौँ (रासस)। कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण बालबालिकालाई नियमित लगाउनुपर्ने खोप प्रभावित भएको छ । स्वास्थ्यसेवा विभागले नियमित खोप सञ्चालन गरेपनि अभिभावकले कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण बालबालिकालाई खोप केन्द्रसम्म नलैजाँदा खोप कार्यक्रम प्रभावित भएको हो । 

स्वास्थ्य तथा जनङ्ख्या मन्त्रालयले खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउन अभिभावकलाई आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना महामारीका बेला खोप लगाउन छुटेका बालबालिकालाई नियमति खोप कार्यक्रममा सहभागी गराउन सम्बन्धीत सबै पक्षसंग आग्रह गर्नुभयो । 

स्वास्थ्य सेवा विभागको परिवार कल्याणअन्तर्गत खोप तथा बालस्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत वसन्त श्रेष्ठले ७० प्रतिशत बालबालिकाले मात्र नियमित खोप लगाएको जानकारी दिनुभयो । उहाँले सबै मानिस कोभिड–१९ विरुद्धको खोपमा केन्द्रीत हुँदा खोप लगाउन छुटेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोरोना भाइरस सङ्क्रमणका समयमा हामीले नियमित खोप सञ्चालन गर्दा पनि अभिभावकले आफ्ना बालबालिकालाई खोप लगाउन ल्याएनन् ।” उहाँका अनुसार सामन्य अवस्थामा पनि ९० प्रतिशत बालबालिकाले मात्र नियमित खोप लगाउने गरेका छन् । 

शाखाका जनस्वास्थ्य अधिकृत श्रेष्ठले खोपले बाल मृत्युदरबाट जोगाउनका लागि ठूलो भूमिका खेल्ने भएकाले बालबालिकालाई खोप लगाउन आग्रह गर्नुभयो । मन्त्रालयले कोरोना महामारीको समयमा सञ्चालन हुने नियमित खोप अभियानमा आफ्ना बालबालिकालाई खोप नछुटाउन सबैमा आग्रह गरेको छ । 

विभागले जन्मदेखि ५ वर्षसम्मका बालबालिकालाई विभिन्न सङ्क्रामक रोगविरुद्ध, बाल मृत्युदर कम गर्न र कुषोषणबाट बच्नका लागि विभिन्न १२ प्रकारका खोप लगाउँदै आएको छ । विसं २०३४ बाट बिसिजी, डिपिटीलगायत सुरु गरिएको खोपको नियमित अभियानअन्तर्गत अहिलेसम्म बालबालिकालाई विभिन्न १२ प्रकारका खोप दिँदै आइरहेको छ । विसं २०४५ मा बिसिजी र डिपिटी खोप सबै जिल्लामा लागू गरिएको थियो । विसं २०६० मा पुनः छ प्रकारका खोप होपाटाइटिस–बी, निमोनिया, जापानिज इन्सेफ्लाइटिसलगायतका दिन थालिएको हो । 

जन्मिने वित्तिकै बिसिजी खोप, छ हप्ताभित्रमा रोटा, पोलियो, एफआइपिभि, पिसिभि, डिपिटी, हेप बी–हिब, नौ महिनामा पिसिभि, दादुरा–रूबेला, १२ महिनामा जापानिज इन्सेफ्लाइटिस र १५ महिनामा दादुरा–रूबेला खोप लगाउने गरिन्छ ।

यस्तै जन्मेको एक महिनाभित्र सरकारले पेन्टाभ्यालेन्स (बिसिजी, हेपाटाइसिट–बी, लहरेखोकी, भ्यागुते रोग र इन्फुन्जा ) रोग विरुद्धको खोप दिने गर्दछ । सन् २०१६ को राष्ट्रिय जनसाङ्ख्कि स्वास्थ्य तथ्याङक अनुसार एक वर्षमुनिका बाल मृत्युदर ३२ प्रतिशत र पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ३९ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान