Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ भदौ १८ गते, बिहान ८:०९ बजे काठमाडौँ - KTM, पत्रपत्रिकाबाट

कोरोना सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका बालबालिकामा ‘मल्टिसिस्टम इन्फ्लामेटोरी सिन्ड्रोम’

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ १८, काठमाडौँ | कोरोना सङ्क्रमण भएको वा सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका दुईदेखि छ सातामा बालबालिकालाई ज्वरो आउने वा छालामा समस्या त आएको छैन् ?

सचेत हुनुहोस् अहिले बालबालिकामा ‘मल्टिसिस्टम इन्फ्लामेटोरी सिन्ड्रोम’ (एमआईएससी) जटिल समस्याका रूपमा देखिएको छ । कोरोना सङ्क्रमित भएको दुईदेखि छ साता रोग प्रतिरोधात्मक शक्ति अनियन्त्रणका कारणले यस प्रकारको रोग बालबालिकामा लाग्ने गरेको विशेषज्ञहरूको भनाइ छ ।

कान्ति बाल अस्पतालका निर्देशक अजित रायमाझीले कोरोना सङ्क्रमित भएको बेला कुनै पनि लक्षण नदेखिए पनि निको भएको छ हप्ताभित्र एमआईएससी देखिन सक्ने जानकारी दिए । ज्यानसम्म पनि जान सक्ने यो जटिलतामध्ये एउटा ठूलो जटिलता रोग हो जुन अहिले नेपालमा पनि बढेको पाइएको छ ।

एमआईएससी भएका बालबालिकाका शरीरका विभिन्न प्रणाली र अङ्गहरूमा एकै पटक असर गर्ने हुँदा विभिन्न खाले लक्षण देखा पर्ने डा. रायमाझीको भनाइ छ । कोरोना भाइरससँग लड्नका लागि बालबालिकाको शरीरले गर्ने प्रतिक्रियाका कारण एमआईएससी हुने उनले प्रस्ट पारे ।

- यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।