2026-09-20 12:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी, कतार र मलेसिया नेपाली युवाका लागि असुरक्षित

भदौ २४, काठमाडौँ | नेपाली युवाहरुका लागि साउदी अरब, कतार र मलेसिया असुरक्षित देश रहेको पाइएको छ । एक आर्थिक वर्षमा मलेसिया र खाडी राष्ट्र साउदी अरब र कतारमा आठ सय ८० जना नेपाली युवाले ज्यान गुमाएका छन् ।

आर्थिक वर्ष २०७७/०७८ मा साउदी अरबमा तीन सय ६२ जना (महिला दुई जना), मलेसियामा दुई सय ८० जना (महिला एक जना) र कतारमा दुई सय ३९ जना (महिला दुई जना) युवाहरुले ज्यान गुमाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । 

आर्थिक वर्ष २०७७/०७८ मा एक हजार दुई सय ४२ जना (महिला २९ जना) युवाले विदेशमा ज्यान गुमाएको मध्ये करिब ९० प्रतिशत युवाले मलेसिया र खाडीका छ राष्ट्रमा ज्यान गुमाउने गरेका छन् । 

आर्थिक वर्ष २०७७/०७८ मा संयुक्त अरब इमिरेटस (यूएई)मा दुई सय आठ जना (महिला १२ जना), कुवेतमा ५५ जना (महिला तीन जना), बहराइनमा ३१ जना (महिला दुई जना) र ओमानमा सात जना युवाले ज्यान गुमाएका छन् ।

मलेसिया र खाडी मुलुक आप्रवासी कामदारको लागि जोखिम मुलुकको रुपमा छन् । ती मुलुकहरुमा कार्यस्थल सुरक्षित तथा व्यवस्थित नहुँदा समेत नेपालीहरुले अकालमा ज्यान गुमाउनु परेको छ ।

आप्रवासी श्रमिकहरुलाई लिएर अपर्याप्त कानुन र कानुन कार्यान्वयन नहुँदा उनीहरु समस्यामा पर्ने गरेका छन् । यसको मारमा नेपाली युवा(कामदार)हरु पनि पर्छन् । अर्कोतर्फ नेपाली युवाहरु मलेसिया र खाडी छ राष्ट्रहरुमा असुरक्षित समेत रहँदै आएका छन् । एम्नेस्टी इन्टरनेशनलको प्रतिवेदनअनुरुप कतारमा आप्रवासी कामदारको मृत्यु भएको खण्डमा उचित कानुनी उपचार समेत नहुने गरेको उल्लेख गरेको छ । 

– यो समाचार आजको आर्थिक दैनिकमा छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो