2026-08-25 11:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज साँझ ५ बजे नेपाल र बङ्गलादेशको महिला टोली मैत्रीपूर्ण फुटबलमा भिड्दै

भदौ २४, काठमाडौँ (रासस)। नेपाल र बङ्गलादेशको राष्ट्रिय महिला टोली मैत्रीपूर्ण फुटबलमा भिड्ने भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उक्त खेल आज साँझ ५ बजे हुने तय भएको छ । 

दुवै टोलीले अर्को खेल आगामी आाइतबार खेल्नेछन् । नेपाली महिला फुटबल टोलीले यसअघि कतार, कुवेत र मलेसियासित मैत्रीपूर्ण खेल खेलेको थियो । नेपाली टोलीले उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एशियन कप–२०२२ छनोटका तयारीमा रहेका बेला बङ्गलादेशसित मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । एशियन कप छनोटअन्तर्गत नेपाल समूह ‘एफ’ मा छ । उक्त समूहमा हङकङ र फिलिपिन्स रहेका छन् ।

नेपालले फिलिपिन्ससित आगामी असोज २ गते तथा हङकङसँग असोज ५ गते खेल्ने तय भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । उक्त समूहको शीर्ष टोली अर्को वर्ष भारतमा आयोजना हुने एशियन कप खेल्ने छ । नेपाली टोली मुख्य खेलाडी सावित्रा भण्डारी ‘साम्बा’बिना मैदानमा उत्रिदैछन् । गत वर्ष महिला राष्ट्रिय लिग खेल्ने क्रममा घुँडामा चोट लागेपछि उहाँ हाल कतारमा उपचाररत हुनुहुन्छ । उहाँले चोटका कारण बङ्गलादेशसितको दुवै मैत्रीपूर्ण खेल खेल्नुहुने छैन ।

नेपाली महिला टोलीलाई हाल ग्यारी फिलिप्सले प्रशिक्षण दिँदै आउनुभएको छ । उहाँले नेपाली टोली एशियन कपमा छनोट हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो । नेपाली टोलीमा युवा खेलाडीको बर्चस्व रहेका कारण बङ्गलादेशसितका खेलमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने उहाँको भनाइ छ । महिला फुटबलमा नेपाल अहिलेसम्म बङ्गलादेशसँग अपराजित रहेको छ । दुवै टोलीले हालसम्म छ खेल खेलेका छन् ।

नेपालले सन् २०१० को जनवरीमा बङ्गलादेशका ढाकामा भएको दक्षिण एशियाली खेलकुदमा बङ्गलादेशलाई १–० गोलले पराजित गरेको थियो । सो खेलमा नेपालको तर्फबाट जमुना गुरुङले गोल गर्नुभएको थियो । यस्तै सन् २०१० को डिसेम्बरमा बङ्गलादेशमै भएको अर्को खेलमा महिला साफ च्याम्पियनसिपमा नेपाल बङ्गलादेशसँग ३–० गोलअन्तरले विजयी भएको थियो । उक्त खेलमा नेपालका तर्फबाट जमुना गुरुङले दुई, अनु लामाले एक गोल गर्नुभएको थियो ।

यसैगरी सन् २०१४ को नोभेम्बरमा पाकिस्तानको इस्लामावादमा सम्पन्न तेस्रो महिला साफ च्याम्पियनसिपमा नेपालले बङ्गलादेशलाई १–० गोलले हराएको थियो । नेपालका लागि निर्णायक गोल सजना रानाले गर्नुभएको थियो । सन् २०१६ फेब्रुअरीमा भारतको सिलोङमा भएको दक्षिण एशियाली खेलकुदमा नेपालले बङ्गलादेशलाई ३–० गोलअन्तरले पराजित गरेको थियो । उक्त खेलमा निरु थापा, दीपा अधिकारी र अनु लामाले गोल गर्नुभएको थियो ।

यस्तै सन् २०१८ नोभेम्बरमा म्यानमामा भएको  भएको एशियाको महिला ओलम्पिक छनोटको समूह ‘सी’ को खेलमा नेपाल र बङ्गलादेशले एक–एक गोलको बराबरी खेलेका थिए । नेपालका लागि निरु थापाले गोल गर्नुभएको थियो । यस्तै सन् २०१९ मार्चमा नेपालको विराटनगरमा सम्पन्न महिला साफ च्याम्पियनसिपमा नेपालले बङ्गलादेशलाई ३–० गोलअन्तरले हराएको थियो । उक्त खेलमा सावित्रा भण्डारी र अन्जलीकुमारी योञ्जनले एक–एक गोल गर्नुभएको थियो । नेपालका लागि बङ्गलादेशले एउटा आत्मघाती गोल गर्न पुगेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग