२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सदनमा प्रधानमन्त्रीलाई छेक्ने रणनीतिमा एमाले

२०७८, २७ भाद्र आईतवार ०२:२३

न्युज कारखाना | भदौ २७, काठमाडौँ | प्रमुख प्रतिपक्षी नेकपा (एमाले) संसदीय दलको बैठक आज अपराह्न १२ बजे बस्दैछ । संसद बैठकको एक घन्टा अर्थात १२ बजे दलको बैठक बस्न लागेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । दुबै सदनको बैठक अपराह्न १ बजे बस्दैछ ।

प्रतिपक्षीको विरोधका बीच सरकारले संसदमा पेलेरै जाने रणनीति अंगिकार गरेपछि सो विषयमा धारणा बनाउन संसदीय दलको बैठक बस्न लागेको हो ।

‘एमालेले कारबाही गरेका सांसदका विषयमा सभामुखले समयमै निर्णय नदिएको विषयमा हामीले संसदमा विरोध जनाउदै आएका छौं । विरोधका बीच प्रतिस्थापन बजेट ल्याइएको छ,’ भट्टराईले न्युज कारखानासँग भने, ‘प्रक्रिया नै नपुर्‍याएर प्रतिस्थापन बजेट कसरी आयो ?’

आजको सदनमा एक दर्जन अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ । प्रधानमन्त्री शेरबहादुर देउवा पनि संसद जाँदैछन् । देउवाले शपथसम्बन्धी अध्यादेश, २०७८ लाई स्वीकृतीका लागि प्रस्ताव पेस गर्ने र रेल्वे अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्तावसमेत पेस गर्ने कार्यसूची रहेको संघीय संसदको सचिवालयले जनाएको छ। 

एमाले भने प्रधानमन्त्रीलाई रोस्टममै जान नदिने रणनीतिमा छ । गत शुक्रबार अर्थमन्त्री जनार्दन शर्मा पनि प्रतिपक्षीलाई छलेर रोस्टम पुगेका थिए । जसलाई एमालेले 'गुरिल्ला शैली'भन्दै आएको छ ।

‘आजको सदन पनि अवरोध गर्छौं, रोस्टममा जान दिँदैनौं,’ भट्टराईले भने, ‘उहाँहरू पेलेरै जाने मनस्थितिमा हुनुभयो । उग्र हुनुभयो हामी प्रतिवाद गर्छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह