2026-06-21 08:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१३ वर्षको उमेरमा भारतको कोठी पुर्‍याइएकी बालिका घर फर्किंएपछि…

भदौ २९, काठमाडौँ | १३ वर्षको उमेरमा आफन्तबाटै भारतको कोठीमा पुर्याइएकी एक बालिका सात वर्षपछि घर फर्किएकी छन् । भारतको दिल्लीस्थित कागज कारखानामा काम लगाउने भन्दै भारत पुर्याईएकि ती बालिकालाई कोठीमा पुर्याईएको थियो । 

कक्षा ७ मा पढ्दै गरेकी ती बालिकालाई माइजू नन्दकली, उनकै दुई छोरी तारा र ममताले दिल्ली पुर्याएका थिए । बालिकाका बुवा सानैमा बिते । भाइबहिनी सानै थिए । आमाको दुःखलाई नजिकबाट देखेकी उनी काम पाउने र पैसा कमाउने प्रलोभनमा परिन् ।

‘काम कागज कारखानामा गर्ने हो। राम्रो कमाइ हुन्छ। आमाको दुःख पनि कम हुन्छ भनेपछि लोभिएँ,’ बिहीबार प्रहरीको सम्पर्कमा आएकी उनले भनिन्, ‘दिल्ली पुर्याईएकै भोलिपल्ट दिदीहरूले कोठीमा धन्दा गर्न पठाए ।’ उनका अनुसार तारा र ममताले दिल्लीको जिपी रोडमा कोठी सञ्चालन गर्दै आएका छन्। 

उनले त्यही कोठीमा १५ महिना नारकीय जीवन बिताइन् । ‘दैनिक ४० जनासम्म ग्राहक आउँथे, यौन सम्पर्क गर्न नदिए पिट्थे,’ उनले भनिन्, ‘१५ महिना मेरा लागि १५ वर्षजस्ता भए ।’ घरबाट जाँदा महिनाबारी पनि नभएकी उनी कोठीमा पुगेपछि गर्भवती भइन् । कोठी सञ्चालककी पत्नीजस्तै बनाएर गर्भपतन मात्रै गराइएन, अस्पतालमा उनको पाठेघरसमेत झिक्न लगाइयो ।

‘पाठेघर झिकेपछि डाक्टरले ६ महिनासम्म पतिसँग यौन सम्पर्क नगर्नू भनेका थिए,’ उनले भनिन्, ‘एक महिनामै फेरि मलाई कोठीमा पुर्याएर धन्दा गर्न लगाइयो ।’ तारा र ममताले सञ्चालन गरेको कोठीको ५६ नम्बर कोठामा आफूलाई राखिएको उनले बताइन्। आफूलाई राखिएको कोठीमा धेरै नेपाली केटी रहेको जानकारी उनले दिइन्। 

- यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ