By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    1 hour ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    2 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    2 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    5 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    23 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    5 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    5 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: वैदेशिक रोजगारीको असफलताले बनायो ‘सफल’ कृषक
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > वैदेशिक रोजगारीको असफलताले बनायो ‘सफल’ कृषक
अर्थ/विकासकाठमाडौँ - KTMबाग्लुङ्ग - BGL

वैदेशिक रोजगारीको असफलताले बनायो ‘सफल’ कृषक

साझासवाल
Last updated: September 14, 2021 5:31 am
साझासवाल
6 Min Read
Share

खेमराज गौतम ।  भदौ २९, गलकोट (रासस) ।  मानिसको जीवनमा अनेकन घुम्ती आउँछ । कतिपय घुम्ती, बाध्यता, अप्ठ्यारा, कठिनाइ, सङ्कटले जीवनमा नयाँ आयाम ल्याउँदछ । बीस÷बाइस वर्षको ठिटो हुँदा विदेश जाने मोहले निकै सताइरहेको थियो । बागलुङ नगरपालिका–१ रामरेखाका दुर्गा तिलिजा मगरको विदेश जाने भोकले धेरै ठाउँमा भौतारिने बनायो । वैदेशिक रोजगारीको दौडमै लगातार आठ वर्ष काठमाडौँ धाउँदाधाउँदै बित्यो । उमेरले ३० पुग्नै थाल्यो । न विदेश सफल भयो, न नेपालमा कुनै रोजगारीको टुङ्गो लाग्यो । 

युरोप, अमेरिका जाने त कुनै सोच थिएन उहाँको । तर साउदी र कतारजस्ता खाडी मुलुकका लागि अन्तर्वार्ता दिँदै उहाँको आठ वर्ष बितेको पत्तै भएन । काठमाडौँ धाउँदाधाउँदै उहाँको हजाराँै रकमसमेत खर्च भइसकेको थियो । अन्ततः तिलिजाले ३० वर्षको उमेरमा आएर विदेश नजाने निर्णय लिनुभयो । सायद विदेशका लागि पाएको हण्डर र ठक्करले पाठ सिकायो । उहाँका निर्णयमा परिवारको पनि साथ, सर्मथन रह्यो । वैदेशिक रोजगारीमा जाने सपना विफल भएपछि नयाँ कामका लागि सोच र प्रेरणा मिल्दै थियो । अहिले तिलिजाको दैनिकी फेरिएको छ । सरर्र स्कुटरमा कहिले बागलुङ बजार त कहिले कुश्मा बजारमा तरकारी, अण्डा, कुखुरा बेच्दै आउनुभएको छ ।

उहाँ उमेरले अहिले ३७ वर्षको हुनुभयो । तीस वर्षका उमेरमा थालेको कृषि तथा पशुपालन व्यवसाय फस्टाउँदै गयो । अहिले उहाँ सफल किसानका रूपमा परिचित भइसक्नुभएको छ । बागलुङ –१० भकुण्डेस्थित कालीगण्डकी किनारामा रहेको दब्ल्याङ बगरमा तीन रोपनी जग्गा भाडामा लिएर कृषि कर्म गरिरहनुभएको छ ।

सुरुका पाँच वर्ष तरकारी खेतीसँगै ब्रोइलर कुखुरा पाल्दै आउनुभएकामा पछिल्लो समय ब्रोइलर छाडेर अण्डा दिने लेयर्स जातको कुखुरा पाल्दै आउनुभएको छ भने पछिल्लो समय फस्टाउँदै गएको बट्टाई चरा, बङ्गुर र टर्कीसमेत पाल्दै आएको तिलिजा मगरले बताउनुभयो । “वैदेशिक रोजगारीमा जान धेरै समय खेर फालिएको रहेछ, सुरुबाटै कृषिमा लागेको भए कहाँ पुगिन्थ्यो होला ? जे होस्, अहिले राम्रै कमाइ भइरहेको छ, आफ्नै परिवारको साथमा बसेर कृषि तथा पशुपालनमा रमाइरहेको छु”, उहाँले भन्नुभयो, “अहिले किन विदेश जान खोजे हुँलाजस्तो लाग्छ, मैले सुरुमा ब्रोइलर कुखुरा पालेर व्यवसाय सुरु गरेको भए पनि अहिले बहुआयामिक बनाउँदै लगेको छु, बेमौसमी गोलभेँडा मेरो फार्मको मुख्य आम्दानीको स्रोत हो भने अण्डा, टर्की, बट्टाईपालनसमेत गर्दै आएको छु, अहिले आएर बङ्गुरपालनसमेत सुरु गरेको छु ।”

उहाँको कृषि तथा पशुपालनमा श्रीमती लक्ष्मी तिलिजाले समेत सघाउँदै आउनुभएको छ । उहाँको फार्ममा अहिले १०० अण्डा दिने लोकल कुखुरा, २५० बट्टाई चरा, छ टर्की चरा र १४ बङ्गुर रहेका छन् भने दुई रोपनी क्षेत्रफलमा तरकारी खेती दुईवटा आधुनिक टनेल रहेको लक्ष्मी बताउनुहुन्छ ।

“तीन रोपनी जग्गाको भाडा वार्षिक रु ३५ हजार तिर्दै आएका छौँ, फार्म आफँैले विस्तार गरेका हौँ, कुनै महिना राम्रो आम्दानी हुन्छ, कहिले हुँदैन”, लक्ष्मीले भन्नुभयो, “आफ्नो खायो, आफ्नै काम गर्यो, आनन्दको जीवन बिताउन पाइयो, अहिले गोलभेँडा गरेर दुई आधुनिक प्लाष्टिक टनेल खाली गर्ने अवस्थामा पुगेका छौँ, वार्षिक रु आठ÷दश लाखको कारोबार गरिएकै हुन्छौँ”, तिलिजा दम्पतीले लक्ष्मी कृषि तथा पोल्टी फार्म दर्ता गरेरै व्यावसायिक कृषि तथा पशुपालन सुरु गर्नुभएको छ । उनीहरुले फार्म सञ्चालनमा रोगव्याधिका लागि प्राविधिक सल्लाह नपाएको समेत गुनासो गर्नुभयो ।

कृषि ज्ञान केन्द्रले रु एक लाख ५० हजार अनुदान दिइसकेको बताउँदै थापा दम्पतीले बेलाबेलामा प्राविधिक ज्ञान नपाउँदा कुखुरा र टर्कीमा रोगको प्रकोप आएको बताउनुहुन्छ । “टर्कीपालनमा अलि समस्या रहेछ, टर्कीलाई फरक खालको रोग लाग्दोरहेछ, यो अलि बुझिएन, ५० टर्की पाल्दै आएकामा अहिले छ वटामा सीमित छ, केही टर्की रोगका कारण मरेका छन्”, दुर्गाले भन्नुहुन्छ, “विदेश जाने सपना त देखियो, विदेश देख्न पाइएन तर साथीभाइको सुख दुःख सुनिएकै छ, अहिले नेपालमै केही गर्न थालेपछि धेरै सन्तुष्टि मिलेको छ, अब बागलुङमा बङ्गुरको मासुको अत्यधिक माग भएकाले बङ्गुरफार्म विस्तारमा लागिरहेको छु, अहिलेसम्म करिब रु १५ लाखको लगानी भइसकेको छ ।”

मगर दम्पतीले कृषिमा बिचौलियाको अन्त्य गर्नुपर्छ भन्दै आफैँले उपभोक्तासमक्ष पुर्याउने गरेको बताउनुभयो । बिचौलियाले सस्तोमा खरिद गरी महङ्गोमा बेच्दा असली किसान र उपभोक्ता दुवै मारमा पर्दै आएकाले स्कुटरमा दैनिक आफूले उत्पादन गरेको अण्डा, मासु, तरकारी आफँैले बागलुङ, कुश्मा तथा म्याग्दीको बजारमा पुर्याउने गरेको उहाँको भनाइ छ । बर्खायाममा दाना ढुवानीमा आफूहरुलाई समस्या भएको भन्दै सडकको सुधार गर्नुपर्ने उहाँको माग छ । दक्षिण जोड्ने पुलमा बाढीले क्षति पुर्याउँदा दाना ढुवानी नभएका कारण घाँस खुवाएर कुखुरा बचाएको उहाँको भनाइ छ । “किसानले मेहेनत गरेर उब्जाएको तरकारी र पशुजन्य वस्तु बिचौलियाले धेरै नाफा कमाएको आफूले महसुस गरेको थिएँ”, उहाँले भन्नुभयो, “त्यसैले स्कुटर किनेर आफैँ बजार लैजाँदा बढी फाइदा कमाउन सकेको छु, बिचौलियाको अन्त्य गर्न सके आफूजस्ता किसानलाई सहज हुनेछ ।” सरकारले सस्तोमा ऋण सुविधा दिएमा लगानी थप्न निकै सहज हुने उहाँको भनाइ छ ।

भकुण्डेको फेदमा रहेको दब्ल्याङ कृषि कर्मका लागि निकै उर्वरभूमि मानिन्छ । त्यस क्षेत्रमा अन्य स्थानका मानिस आएर व्यावसायिक कृषि तथा पशुपालन गर्दै आएका छन् । नेपालमै कृषि गर्ने सोच बनाएका थापा दम्पती लगानी गर्ने स्थान खोज्दै दब्ल्याङ पुगेको बताउनुहुन्छ । तिलिजा दम्पतीको मेहेनत एउटा उदाहरण मात्रै हो । तर सुरुमै विदेशमोह त्यागेर व्यवसायमा लागको भए अझै सफलता प्राप्त गर्न सकिन्थ्यो भन्ने उहाँहरुको भनाइ छ ।

दब्ल्याङमा थापा दम्पती जस्ता १० जना कृषकले व्यावसायिक कृषि तथा पशुपालन गर्दै आएका छन् । दब्ल्याङकै सरिता थापाले बङ्गुर तथा कुखुरापालन गर्दै आउनुभएको छ भने भर्खरै भकुण्डेका बबिन थापाले माछा र बङ्गुरपालन र धम्जाका दुर्गा श्रीष र अनिस श्रीष दाजुभाइले बङ्गुरपालन सुरु गर्नुभएको छ । उक्त स्थान कृषिको हब बन्दै आएको छ । कालीगण्डकी किनारामा रहेको यस क्षेत्रमा रहेको हावापानी सुहाउँदो कुखुरा, माछा तथा बङ्गुरपालन निकै फस्टाउँदै आएको किसान बताउँछन् ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article एमसिसी अनुदान अस्वीकार गरे वैदेशिक सहयोग रोकिने चेतावनी
Next Article कोरोना सङ्क्रमित घटेपछि हलेसी मन्दिर खुलाइयो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमनोरञ्जनसमाज

‘पूर्णबहादुरको सारङ्गी’ फिल्मको कथा कपी गरिएको आरोप, लेखक बस्यालले पेश गरे ९ बुँदे आधार

2 years ago
काठमाडौँ - KTMविश्व

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

57 years ago
काठमाडौँ - KTMभिडियोललितपुर - LLT

गायक भुवन प्यासीको लोक आधुनिक र र्याप मिसाउदै “खाँयो बरै भमराले फुलबारिको रस”

57 years ago

नेपाली भुमि लिपुलेकमा भारतले बनायो दुई किलोमिटर लामो पदमार्ग

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?