2026-06-30 01:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालविरुद्ध हङकङ : पुजाको स्थानमा विमलाले खेल्ने

2021-09-21

न्युज कारखाना। ५ असोज, काठमाडौं । एएफसी महिला एसियन कप २०२२ छनोटअन्तर्गत दोस्रो खेलमा हङकङसँग खेल्ने नेपाली टोलीको सुरुवाती एघार सार्वजनिक भएको छ  ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने दोस्रो खेलमा लागि नेपाली टोलीको प्लेइङ सेट सार्वजनिक भएको हो । खेल नेपाली समयअनुसार दिउसो ३:४५ बजे सुरु हुनेछ । प्रशिक्षक फिलिप्स ग्यारीले फिलिपिन्ससँगको खेलबाट १ मात्रै खेलाडी परिवर्तन गरेका छन् । चोट बोकेकी पुजा रानाको स्थानमा विमला विकले हङकङविरुद्ध खेल्ने छिन् । विमलाले फिलिपिन्सविरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गर्दै डेब्युसमेत गरेकी थिइन् । 

रेनुका नगरकोटीको कप्तानीमा हङकङविरुद्ध खेल्ने सुरुवाती-११ मा प्रिती राई, सविता राना मगर र विमला चौधरीले अट्याकको भूमिका निभाउने छन् ।
यस्तै मिडलाइनमा रेनुकासहित, दिपा राई, मन्जली कुमारी योन्जन र सरु लिम्बुलाई जिम्मेवारी दिइएको छ ।

यस्तै डिफेन्समा हिरा कुमारी भुजेल, गीता राना, अमृता जैशी र विमला विक रहेकी छन् । गोलरक्षकमा भने एन्जिला तुम्बाप्पो सुब्बा रहेकी छन् ।
यसअघि पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएको थियो ।
नेपालको सुरुवाती-११
गोलकिपर – अन्जिला सुब्बा
डिफेन्डर – हिरा कुमारी भुजेल, अमृता जैशी, गीता राना, विमला विक
मिडफिल्डर – रेनुका नगरकोटी, सरु लिम्बु, मन्जली कुमारी योन्जन
फरवार्ड – प्रिती राई, सबिता राना मगर, विमला चौधरी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ