२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महासचिव चयन गर्दै एकीकृत समाजवादी

२०७८, ६ आश्विन बुधबार १२:१६

असोज ६, काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले महासचिव चयन गर्ने भएको छ। मंगलबारदेखि जारी एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकका एजेण्डा अनुसार बिहीबार महासचिव चयन गर्ने तयारी भएको हो।

पार्टी केन्द्रीय समितिको बैठक भोलि बस्ने बैठकले पार्टीको महासचिव चयन गर्ने, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरूको अन्तिम टुंगो लगाइने पनि पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।      

‘भोलिको बैठकले हाम्रा आगामी कार्ययोजना पारित गर्नेछौं। तीन महिनाभित्र पार्टीको राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने योजनामा लागिरहेका छौं। समयले नभ्याए अर्कै कुरा हो, नभए त्यो काम गर्नेछौं,’ खतिवडाले भने।

त्यस्तै, पार्टीको चुनाव चिह्नका लागि धेरै सुझावहरू प्राप्त गरिएको भन्दै उनले त्यसलाई चाँडोभन्दा चाँडो अन्तिम रूप दिएर निर्वाचन आयोगमा जाने बताए। पार्टी दर्ताका बेलामा यो पार्टीले चुनाव चिह्न बुझाएको थिएन।  

बुधवारको बैठकले ‘समाजवाद’ नामको पार्टीको मुख पत्र प्रकाशन गर्ने निर्णय पनि गरेको छ। ‘यसैगरी चाँडोभन्दा चाँडो एउटा बुलेटिन प्रकाशित गर्नेछौं। त्यो समसामयिक बुलेटिन हुनेछ। महिना दिनमा हुन्छ कि १५ दिनमा हुन्छ कि, समय र कार्य कस्तो गर्न सकिन्छ,’ उनले भने। बैठक भोलि पनि बस्नेछ।- लोकपाटीबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ