२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सशस्त्र प्रहरीका डिआइजीहरुको सरुवा, कर्णालीको छ नम्बर बाहिनीमा खत्री जाने

२०७८, ८ आश्विन शुक्रबार ०७:४६

असोज ८, काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले सशस्त्र प्रहरी बलका १० जना डिआइजीको सरुवा गरेका छन्। बिहीबार अबेर गरिएको सरुवामा प्रहरी महानिरीक्षकको सचिवालयमा डिआईजी मन्दीप श्रेष्ठलाई लगिएको छ।

त्यसैगरी डिआईजीद्वय राजु अर्याल तथा नारायणदत्त पौडेललाई पनि मुख्यालयमै तानेर मानवस्रोत विभागमा लगिएको छ। बर्दिबासबाट चन्द्रप्रकाश गौतमलाई भने कार्य तथा सीमा सुरक्षा विभागमा तानिएको छ।

अन्य डिआईजीहरुमा १ नम्बर प्रदेशको पकलीस्थित बाहिनीमा कमल गिरी,२ नम्बर प्रदेशको बर्दिवासमा गणेश ठाडा मगर, बागमती प्रदेशको ३ नम्बर बाहिनी,चितवनमा किशोर प्रधान, गण्डकी प्रदेशको ४ नम्बर बाहिनी पोखरामा शम्भु सुवेदी,लुम्बिनी प्रदेशको ५ नम्बर बाहिनीमा कुलबहादुर नेम्बाङ,सुदूरपश्चिम प्रदेश,अत्तरियास्थित ७ नम्बर बाहिनीमा दुर्गा भट्टराई र ९ नम्बर बाहिनी (उपत्यका) मा वंशी दाहाललाई सरुवा गरिएको छ।

डिआईजी अभिकुमार खत्रीलाई भने कर्णाली प्रदेशको ६ नम्बर बाहिनी। डिआईजीलाई एउटा बाहिनीमा रहेर काम गरिसकेपछि फेरि बाहिनीमा सरुवा नगर्ने प्रचलन पनि यसपटक तोडिएको छ। दुई जना डिआईजीलाई बाहिनीबाट बाहिनीमै सरुवा गरिएको हो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ