2026-07-11 03:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेमा प्रतिवेदन प्रस्तावमाथि छलफल गर्न समूह गठन

2021-09-24

असोज ८, काठमाडौं । नेकपा एमालेले प्रस्तावमाथि छलफल गर्न १०वटा समूह निर्माण गरेको छ । विधान महाधिवेशनमा पेश गरिने प्रतिवेदन मस्यौदामाथि छलफल गर्न एमालेको केन्द्रीय कमिटी बैठकले १० वटा समूह निर्माण गरेको हो  । 

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा शुरु भएको केन्द्रीय कमिटी बैठकले प्रतिवेदन मस्यौदामाथि छलफल गर्न प्रदेशको आधारमा समूह बनाएको हो । समूहगत रुपमा छलफल गरेर प्रतिवेदन मस्यौदाहरुमाथि सुझाव केन्द्रीय कमिटी बैठकमा पेश गरिने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । केन्द्रीय सदस्यहरुलाई अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन मस्यौदा दिइएको छ ।

केन्द्रीय सदस्यहरुले अध्ययन गरेर समूहमा आफ्नो सुझाव राखी टोली नेताले केन्द्रीय कमिटी बैठकमा संकलित सुझाव पेश गर्ने तयारी रहेको छ  । समूहगत छलफलपछि शनिबार दिउँसो एक बजेबाट केन्द्रीय कमिटी बैठकमा सुझाव प्रस्तुत गरिने भएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट