२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ईपीएल उद्घाटन खेलमा काठमाडौं किंग्स ११ विजयी

२०७८, ९ आश्विन शनिबार ११:१६

कमल बिक्रम जिसी, असोज ९, काठमाडौं । ईपीएल उद्घाटन खेलमा काठमाडौं किंग्स ११ विजयी भएको छ ।  किंग्स ११ ले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) को पहिलो दिनको खेलमा शनिबार लतिलपुर प्याट्रियट्सलाई ७ विकेटले पराजित गरेको हो । ईपीएल अन्तर्गत शनिबार भएको उद्घाटन खेलमा काठमाडौंले ललितपुरलाई पराजित गरेको हो । ललितपुरले दिएको १५८ रनको लक्ष्य काठमाडौंले १४.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो। काठमाडौंको जितमा जिम्बाव्वेका बर्लले अविजित रहँदै सर्वाधिक ७३ रन बनाए। यस्तै अफगानिस्तानका गुर्बाजले ५९ रन बनाए । राजु रिजाल १९ रनमा अविजित रहे ।

१५६ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंको सुरुवात पनि राम्रो हुन सकेन ।ओपनर सुबास खकुरेल पहिलो ओभरमा खाता नखोली रनआउट भए भने अमित श्रेष्ठ दोस्रो ओभरमा ४ रन बनाएर रनआउट हुँदा काठमाडौंले १२ रनमै २ विकेट गुमाएको थियो ।

तर अर्का ओपनर रहमानुल्लाह गुर्बाजले एक छेउबाट आक्रमक ब्याटिङ गर्दै काठमाडौंको ईनिङ्स समहाले। उनलाई राएन बर्लले गतिलो साथ दिए। यी दुईले तेस्रो विकेटका लागि ७६ रनको साझेदारी गरे। गुर्बाजले ३६ बल खेल्दै ४ चौका र ४ छक्का मद्दतमा ५९ रन बनाए। ११ औं ओभरमा गुर्बाज आउट हुँदा काठमाडौंको स्कोर८८ थियो। त्यसपछि बराबरी बर्लले आक्रमक ब्याटिङ गर्दै २७ बलमै अर्धशतक बनाए।

बर्लले राजु रिजालसंग चौथो विकेटका लागि अविजित ७२ रनको साझेदारी गर्दै काठमाडौंलाई जितसम्म र्पुयाए।

बर्लले ३४ बल खेल्दै ३ चौका र ७ छक्का मद्दतमा अविजित ७३ रन बनाए। बर्लले १५औं ओभरको दोस्रो बलमा ललितपुरका कप्तान कुशल भुर्तेललाई चौका प्रहार गर्दै काठमाडौंलाई जित दिलाए। राजुले १३ बल खेल्दै २ चौका मद्दतमा अविजित १९ रन बनाए। ललितपुरका पवन सर्राफले १ विकेट लिए । 

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले पवन सर्राफको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको हो । ललितपुरका लागि पवन सर्राफले ६१ रन बनाए । खेलको पहिलो बलमै ललितपुरका कप्तान कुशल भुर्तेल आउट भएका थिए । त्यसै ओभरमा सन्दुन विराकोडी २ रन बनाएर आउट भए। दोस्रने ओभरमा गुल्शन झा ले ओसादा फर्नान्डोलाई आउट गरेपछि ललितपुरले ७ रनमै ३ विकेट गुमायो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ