केही महिलाहरु सम्भोगको दौरान किन आवाज निकाल्छन् ? यदि यो प्रश्न महिलाहरुलाई सोधियो भने प्रष्ट छ– उनीहरु जवाफ दिन पन्छिनेछन् । हुनसक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... केही महिलाहरु सम्भोगको दौरान किन आवाज निकाल्छन् ? यदि यो प्रश्न महिलाहरुलाई सोधियो भने प्रष्ट छ– उनीहरु जवाफ दिन पन्छिनेछन् । हुनसक्"/>
२६ मंसिर २०८२, बिहीबार
काठमाडौँ - KTM

यौनसम्पर्क गर्दा महिलाहरु किन निकाल्छन् आवाज ? जानी राखौ

१ भाद्र २०७३, बुधबार ०८:०८

केही महिलाहरु सम्भोगको दौरान किन आवाज निकाल्छन् ? यदि यो प्रश्न महिलाहरुलाई सोधियो भने प्रष्ट छ– उनीहरु जवाफ दिन पन्छिनेछन् । हुनसक्छ, कसैले एकथरि भन्ला, अर्कोले अर्कोथरि । तर, यो यस्तो जिज्ञाशा हो जसको उत्तर खोज्न जोसुकैलाई कौतुहलता जागिरहन्छ ।

यदि तपाईले ‘उह’, ‘आह’, ‘आउँच’ को साउण्ड ट्रयाक सुन्नुभएको छ कि छैन ? यो सम्भोगका दौरान निस्किने आवाज हो, जुन सुन्न धेरै पुरुषहरु लालायित हुन्छन् । आखिर किन ?

‘उह’, ‘आह’, ‘आउँच’को आवाज कतै छुसुक्क सुनिनासाथ जोसुकैले अनुमान गरिहाल्छन्– यो महिलाको सम्भोग गर्दाखेरिको आवाज हो । सवाल यो हो कि, अधिकांश महिला किन यस्तो आवाज निकाल्छन् ? के यस्तो आवाज आनन्दको अभिव्यक्ति हो या मनोरञ्जनको चरम अवस्था ?

अर्को भाषामा भन्नुपर्दा, एक यस्तो अवस्था जुन बेला मानिस ‘मदहोसी’ को संसारमा भुलिरहेको हुन्छ वा भनौं सम्भोगको नशामा बेहोसी भई यस्तो आवाज निकालिरहेको हुन्छ । यस्तो किन हुन्छ त ? यसको जवाफ खोज्न विज्ञानका धेरै पाटा केलाउन जरुरी छ । वैज्ञानिक र मनोवैज्ञानिकसँग जोडिएका विशेषतालाई सुक्ष्म ढंगले विश्लेषण गरियो भने मात्र यसको सही जवाफ निस्किन्छ ।

अमेरिकाका गेल ब्रेबर र कोलिन ए हैंडीले सेक्सुअल व्यवहारमा सोध अनुसन्धान गर्दै महिलाको त्यस्तो आवाज निकाल्ने कारण पहिल्याउन खोजेका छन् । दुवैले आफ्नो ‘सेक्सुअली एक्टिव हेट्रोसेक्सुअल’ सोधमा महिलाको सेक्सुअल जीवन र उनीहरुको बानी–व्यवहारको रहस्य खोतल्ने प्रयास गरेका छन् । १८ देखि ४८ वर्षसम्मका ७१ जना महिला, जो सेक्समा अनुभवी छन्, उनीहरुसँग अनुसन्धानकर्ताहरुले गहन अन्तर्वार्ता गरेका थिए ।

अनुसन्धानकर्ताले आफ्नो सोधका क्रममा महिलाहरुसँग प्रश्न सोधेका थिए– तपाई आफ्नो सेक्सी आवाज ( उह, आह, आउँच) यौनको चरमोत्कर्षसँग जोडेर हेर्नुहुन्छ ? अधिकांश महिलाले यसको जवाफ आलटालमा ‘हो’ भनेर दिए, यद्यपि त्यो उनीहरुको वास्तविक यौन अनुभवसँग जोडिएको उत्तर थिएन ।

सम्भोग गर्ने बेलामा महिलामा आर्गज्म (एक प्रकारको छुट्टै आनन्द) फोर प्लेको समयमा अधिक देखा पर्ने गर्छ । यही बेला महिलाहरु सेक्सी आवाज .उह, आह,. आउँच..निकाल्ने गर्छन् । पश्चिमाजगतका महिलाले ‘स्टप, गो, एस, मोर प्लिज’ जस्ता शब्द प्रयोग गर्ने गरेको अनुसन्धानमा देखिएको छ । पुरुषको चरमोत्कर्षमा पुग्नु ठीक अघि वा लगत्तै पनि महिलाबाट अनायसमै छुट्टै आवाज निस्किन्छ– उह, आह, आउँच । किन निस्किन्छ यस्तो आवाज ?

अनुसन्धानका दौरानमा ६६ प्रतिशत महिलाले यस्तो तर्क दिए कि उनीहरु आफ्नो सेक्स पार्टनरलाई अधिक सन्तुष्टि दिन वा अधिक सक्रिय पार्न यस्तो आवाज निकाल्ने गर्छन् ताकि त्यसले पुरुषलाई थप उत्तेजना प्रेरणा मिलोस् । ९२ प्रतिशत महिलाको यो भनाइ छ कि, ‘उह, आह, आउँच’ को आवाज आफ्नो सेक्स पार्टनरको आत्मसन्तुष्टि बढाउनका लागि यस्तो गर्छन् । केही महिलाको तर्क छ, यस्तो आवाजले आफ्नो पार्टनरको रफ्तार बढिरहेको बला उसलाई भइरहेको थकान दुर गर्नमा सहायता पुग्दछ ।

सेक्स एक यस्तो प्रक्रिया हो, जहाँ दुवै पार्टनरको प्रदर्शनले पनि आर्गज्ममा पुग्न निकै सहयोग पुग्दछ । र, यो कुरा पनि भुल्नु हुँदैन कि यस्तो आवाज केवल महिला वा पुरुषले मात्र निकाल्दैनन् । जनवारहरुले पनि सेक्सको दौरानमा विशेष प्रकारको आवाज निकाल्ने गरेको कैयौं अनुसन्धानहरुमा प्रमाणित भइसकेको छ ।

यसबाहेक इन्टरनेटमा अपलोड भइरहेका असंख्य पोर्न भिडियोको अर्काइभ हेर्दा पनि त्यहाँ महिला धेरै आवाज दिइरहेको देख्न पाइन्छ । भलै त्यो रियल आवाज भने हुँदैन । त्यस्ता साइटहरु हेर्नेहरुमा अप्रत्यक्ष रुपमा मनोवैज्ञानिक प्रभाव परिसकेको हुन्छ, अनि आफ्नो यौनक्रियामा त्यो देखाउन चाहन्छन् । सेक्सको दौरानमा यस्तो ‘बोल्ड’ पन ‘हेट्रोसेक्सुअल’ महिलामा बढी देखिने गरेको अनुसन्धान देखाएको छ । एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य