प्रकाश बम/भदौ १, सिलगढी । मर्नेले बिसौ खानु, बाँच्नेले वल्के खानु भन्ने डोटेली उखान लाई आत्मसाथ गर्दै आज सुदूरपश्चिमभर परम्पर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश बम/भदौ १, सिलगढी । मर्नेले बिसौ खानु, बाँच्नेले वल्के खानु भन्ने डोटेली उखान लाई आत्मसाथ गर्दै आज सुदूरपश्चिमभर परम्पर"/>
२८ मंसिर २०८२, शनिबार
काठमाडौँ - KTM

सुदूरपश्चिममा ‘वल्के’ पर्व मर्नाइदै

१ भाद्र २०७३, बुधबार ०८:३६

प्रकाश बम/भदौ १, सिलगढी । मर्नेले बिसौ खानु, बाँच्नेले वल्के खानु भन्ने डोटेली उखान लाई आत्मसाथ गर्दै आज सुदूरपश्चिमभर परम्परागत रुपमा मनाइने मौलिक चाड ‘वल्के’पर्व हर्षोल्लासपूर्वक मनाइँदै छ ।

हरेक वर्ष भाद्र सङ्क्रान्तिका दिन मनाइने यो चाडमा आफ्ना मान्यजन छरछिमेकीलाई सगुनका रुपमा पिँडालुको कलिलो पात, दूध, दही दिएर स्वागत गर्ने गरिन्छ । 

यसैगरी विवाहित छोरीलाई माइतीघरमा आमन्त्रण गरी लाउन, बावर, माणा, निसौसे, डुब्का लगायतका स्थानीय खानाका मीठा परिकार पकाएर खुवाउने र खाने प्रचलन छ ।

हिजो राति भँगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिँधेर बनाइएको लेदो हत्केला र खुट्टाको औँलामा लगाएर रङ्गाउने गरिन्छ । भँगेरी फूलको लेदोबाट हत्केला र खुट्टाको औँलाको छाला रातो हुने र यसले बर्सादको मौसममा खेतबारीमा काम गर्दा हात र खुट्टामा देखिने छालासम्बन्धी रोगको सङ्क्रमणबाट बच्न सकिने जनविश्वास रहेको छ । अहिले यसको प्रचलन बिस्तारै हटेर पत्तामा रहेको मेहन्दी लाउने चलन आएको पाईन्छ ।

सदियौँदेखि मानाइँदै आइएको यो चाडको रौनक र महत्वका बारेमा वृद्धवृद्धा केही जानकार रहे पनि नयाँ पिँढीका युवायुवतीमाझ भने यो चाडले प्राथमिकता पाउन छाडेको सिलगढीका नहकुल सिँहले बताए । पहिला जस्तो अहिले बजार क्षेत्रमा पिङ हालेको नदेखिने गरेको सिँह उनि बताउछन् ।  

फलस्वरुप सुदूरपश्चिमका मौलिक संस्कृतिका वल्केजस्ता थुप्रै चाडपर्वको मौलिकता नै हराउन थालेकामा चिन्ता व्यक्त गर्न थालिएको छ । खासगरी सुदूरपश्चिमका पहाडी क्षेत्रमा यो चाड हर्षोल्लासपूर्वक मनाइने गरेको छ ।

पश्चिमा संस्कृतिको बढ्दो प्रभावको फलस्वरुप नेपाली समाजमा सदियौंदेखि मानाइँदै आएका कतिपय ऐतिहासिक र मौलिक चाड बिस्तारै हराउन थालेको भए पनि यस्ता चाडपर्वको संरक्षणका लागि कतैबाट पहल नभएको ज्योतिषहरु बताउने गर्छन् । 

आज बिशेष गरेर पहाडी जिल्लाहरुमा टोल टोलमा  पिङ खेल्ने र साझ पख देउडा समेत खेल्ने प्रचलन रहेको तोलेनीका भक्त राज उपाध्यय बताउनु हुन्छ । केहि ठाउमा मंगलबार र केहि ठाउमा बुधबार विहानै पिङ बनाएर अग्लो रुखमा हालेर सबै एकठाउमा जम्मा भएर दिउँस भर खेल्ने गछनर्् उपाध्ययले बताए । 

त्यस्तै पर्वको बारेमा अछामका पत्रकार केशब भुलले आफ्नो फेशबुक पेजमा यस्तो लेखेका छन् । विहान उठ्ने वित्तीकै मन लगाई नलगाई ५० भन्दा बढी घर परिवार भएको पुरै गाउँमा, एक दिन अगाडी नै तयार पारीएका पिडालुका गावा बाड्न । 

किन आउछ यो दिन पनि भन्ने लाग्थ्यो तर के गर्नु पुरै घरपरिवारमा म र मेरो बुवा नै कान्छो भएकाले नगई सुख हुदैनथ्यो । एक घर छुटाएभने पनि बावालाई खवर आइहाल्थ्यो मेरो घरमा ओल्को दिन किन नआएको ह तिमिहरु ठुलो भैहाल्यौ कि क्या हो भनेर, आज ओल्के पर्व गाउँघरमा मनाएको सारै सम्झीरहेको काठमाण्डौ भएका बेला  फेसबुकमा सम्झेका छन् । वल्के पर्व पछि चाड पर्वहरुको आगम हुने गरेको पाईन्छ ।






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ