Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ असोज १२ गते, अपराह्न ३:४७ बजे काठमाडौँ - KTM, स्वास्थ्य

वर्षमान पुनलाई थप उपचारका लागि बैंकक लैजाने तयारी

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज १२, काठमाडौं। लामो समयदेखि कमलपित्त रोगबाट पीडित नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनको थप उपचारका लागि बुधबार थाइल्याण्ड लगिने भएको छ। पछिल्ला केही दिनदेखि उनको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि बैंकक लैजान लागिएको हो।

नेता पुनलाई कमलपित्तको मात्रा बढेको, वान्ता हुने र ज्वरो आउने जस्ता समस्या देखिएपछि ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गरिएको थियो। कमलपित्तको मात्रा नघटेकाले माओवादी अध्यक्ष पुष्पकमल दाहालले नै नेता पुनको थप उपचारका लागि आवश्यक कदम चाल्न सुझाव दिएका थिए।

नेता पुनका स्वकीय सचिव सन्तोष पुनले अध्यक्ष दाहाललगायतका नेताहरूको सल्लाहपछि थप उपचारका लागि उनलाई थाइल्याण्डको ब्रुमुङगार्ड अस्पताल लैजाने तयारी गरिएको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार नेता पुनलाई वंशानुगत रुपमा सङ्क्रमण भएको कमलपित्तले दुःख दिने गरेको छ।

पूर्व अर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका नेता पुन बुधबार बिहानै श्रीमती तथा पूर्वसभामुख ओनसरी घर्तीका साथ बैंकक जानेछन्।