९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले कार्यदलको बैठक सकियो, के विषयमा भयो छलफल ?

१२ आश्विन २०७८, मंगलवार ११:४१

असोज १२, काठमाडौं। नेकपा एमालेको १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय कार्यदलको बैठकको पहिलो बैठक सकिएको छ। एमाले पार्टी कार्यालय बबरमहलमा मंगलबार बसेको बैठकमा १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्यालाई समाधान गर्ने विषयमा छलफल गरेको छ।  

कार्यदल संयोजक भीम रावलले पार्टी एकतालाई अझै सुदृढ बनाउने गरी १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गरेर अघि बढ्ने निष्कर्ष निकालेको जानकारी दिए। उनले बैठकमा १० बुँदे सहमतिको केही बुँदा कार्यान्वयन भइसकेको र सहमतिका अन्य बुँदाको कार्यान्वयन गर्ने विषयमा छलफल भएको बताए। विधान महाधिवेशनमा प्रतिनिधित्वका लागि उपयुक्त विधि र संरचनागत समाधानका विभिन्न उपायहरूमाथि छलफल भएको उनले बताए।

‘कार्यदलमा १० बुँदे सहमतिको कार्यान्वयन गर्न विषयमा र असोज १५ गते देखि आरम्भ हुने पार्टीको विधान महाधिवेशनमा प्रतिकुल विषय जहाँ समस्याहरू उत्पन्न भएका छन् र ती समस्या समाधान गर्नुपर्ने छन्। त्यस विषयमा आज छलफल भयो,’ रावलले भने, ‘समाधानको उपयुक्त विधि र संरचनागत समाधान विभिन्न उपायहरूको बारेमा छलफल गरेका छौं। कतिपय साझा समस्याहरू देखिएका छन्। तिनको समाधान तदअनुरुप नै गर्ने कुरा हामीले गरेका छौं।’

बैठकमा कार्यदलका सदस्यहरुले पार्टीको आन्तरिक एकता अझै मजबुत बनाउने गरी १० बुँदे कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए। कार्यदलमा महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल, घनश्याम भुसाल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु