2026-09-20 12:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एउटा अधुरो प्रेमकथाः साउदीमा रहेका प्रदिपलाई भेट्दै नभेटी गइन् लक्ष्मी

असोज १३, काठमाडौँ | वैदेशिक रोजगारीका क्रममा साउदी अरब रहेका रोल्पा त्रिवेणी गाउँपालिका–७ गाङका ४४ वर्षीय प्रदीप परियारको ‘फेसबुक’मार्फत भोजपुर षडानन्द नगरपालिकाकी ३५ वर्षीया लक्ष्मी राईसँग प्रेम बस्यो ।

एकअर्कालाई ‘कहिल्यै नेदेखेका’ उनीहरूबीच यति अगाध प्रेम बस्यो कि विवाह नै गर्ने निधोमा पुगे । घण्टौं प्रेमका कुरा हुन्थे । जसले ‘विवाह गरिहाल्न’ उनीहरूलाई उत्साहित पारिरहन्थो ।

परियार साउदी अरब, राई भोजपुरमा । प्रेमप्रति अगाध विश्वास । उनीहरूको प्रेमलाई ‘न भूगोलले छेक्यो, न त जात’ले नै । विवाहको तगारो थियो त भौतिक उपस्थिति मात्रै ।

परियार स्वदेश फर्कन खोजे तर मिलेन । यसपछि उनीहरूबीचको सहमतिअनुसार ७/८ महिनाअघि राई भोजपुरबाट रोल्पा पुगिन् । परियारकै घरमा बसिन्, परिवार चलाइन् । प्रेमीले विदेशबाट पठाएको रकम सदुपयोग गरिन् । छरछिमकले जेसुकै भनून्, खासै महत्व दिइएन । किनकि, निकट भविष्यमै उनीहरूबीच विवाह गर्ने योजना थियो । प्रेम विवाहमा परिणत गर्ने उनीहरूको एउटै लक्ष्य थियो ।

भनिन्छ, ‘प्रेम अन्धो हुन्छ ।’ यही विश्वाससाथ प्रेमिका राई ‘औपचारिक विवाह’ नै नभई परियारकी ‘श्रीमती’ बनिसकेकी थिइन् ।

परियारको परिवारमा थिए । एक्लो जीवन बिताइरहेका ८७ वर्षीय बाबु भाइराम दमाई मात्रै । राई ‘बुहारी’का रूपमा आएपछि भाइराम पनि मख्ख थिए । ससुराको रेखदेखदेखि घरगृहस्थीसम्म सम्हालेकी थिइन्, राईले । यसले परदेशमा रहेका परियारलाई सन्तोष मिलेको थियो ।

जीवनमा एकैपटक पनि ‘भौतिक’ रूपमा नदेखेका महिलाले आफ्नो घर सम्हालेको, वृद्ध बाबुको स्याहारसुसार गरेको कुराले प्रेमिकाप्रति परियारको विश्वास अगाध बढ्यो ।  

तर, सोचेजस्तो जीवन नहुने रहेछ । आइतबार जे घटना भयो, त्यो परियारको सपनामा ‘पूर्णविराम’ बन्यो । प्रेम विवाहमा परिणत गर्ने उनको योजना भताभुंग हुन पुग्यो । वृद्ध पिता भाइरामको बुढेसकालको सहारा खोसियो । प्रेमिका मेलापात गर्न गएको बेला आइतबार भिरबाट लडेर मृत्यु भएपछि परियारको सपना तुहिएको छ ।

रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेश सुवेदीका अनुसार राई आइतबार ‘घाँस काट्न’ भनेर बाख्रासहित नजिकै जंगलमा गएकी थिइन् । सँगै गाउँले पनि थिए । गाउँलेले उनी हिँड्न थालेको बाटो ‘धेरै अप्ठयारो भएको’ भन्दै राईलाई ‘नजान’ भने । तर, त्यसअघि पनि ‘त्यो बाटो हिँडेसकेको’ हुनाले उनले मानिनन् । 

– यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो