Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ असोज १३ गते, दिउँसो २:३८ बजे काठमाडौँ - KTM, स्वास्थ्य

विश्व मुटु दिवस : मुटु स्वस्थ राख्न सरकारका ६ सल्लाह

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज १३, काठमाडौँ । सेप्टेम्बर २९ का दिनमा प्रत्येक वर्ष विश्व मुटु दिवस मनाउँदै आएको छ ।  नेपालमा यो दिवस विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदै आएको छ । बिरामीको तथ्याङ्क हेर्ने हो भने प्रत्येक वर्ष मुटुरोगीको सङ्ख्या बढ्दै गएको छ ।  विपन्न, ग्रामीण क्षेत्रका नागरिकले आर्थिक अभाव र विकटताका कारणले उपचार पाउनबाट वञ्चित भएका छन् ।

यता सहरी क्षेत्रका नागरिकमा भने आधुनिक जीवनशैली, खानपान, अल्छीपनाले गर्दा रोगी बढ्दै गइरहेको देखिन्छ । स्वास्थ्य मन्त्रालयले मुटु रोगबाट बच्न स्वस्थ जीवनशैली अपनाउन नागरिकलाई आग्रह गरेको छ ।

‘स्वस्थ जीवनशैली नै हो, स्वस्थ मुटुको आहार’ भन्ने नाराका साथ आज मुटु दिवस मनाउन लागिएको हो । मुटु हाम्रो शरीरको एकदमै महत्त्वपूर्ण अङ्ग हो ।

स्वास्थ्य मन्त्रालयले आज सूचना जारी गर्दै मुटुलाई स्वस्थ राख्न विभिन्न सल्लाह दिएको छ । स्वस्थ खानेकुरा खान, शारीरिक व्यायाम गर्न, शरीरको तौललाई नियन्त्रणमा राख्न, धुमपान र मद्यपान छाड्न, कोलस्ट्रोल र रक्तचापलाई नियन्त्रणमा राख्न र मानसिक तनाव व्यवस्थापन गर्न मन्त्रालयको आग्रह छ ।

पछिल्लो समय निष्क्रिय जीवन र मानसिक तनावको कारण मुटु रोग देशभरका सबै उमेर, वर्ग र क्षेत्रका मानिसलाई लागेको भन्दै मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ ।