कमल रावलभदौ १, अछाम । अछामका बिभिन्न सडक जोड्ने पक्किपुल निर्माण कार्यमा ठेकदारले लापरवाही र ढिलासुस्ति गरेको पाईएको छ । जसका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावलभदौ १, अछाम । अछामका बिभिन्न सडक जोड्ने पक्किपुल निर्माण कार्यमा ठेकदारले लापरवाही र ढिलासुस्ति गरेको पाईएको छ । जसका"/>
२० माघ २०८२, सोमबार
अछाम - ACM

अछामका पक्किपुल निर्माणमा ठेकदारको ढिलासुस्ति

१ भाद्र २०७३, बुधबार ०९:४४

कमल रावलभदौ १, अछाम । अछामका बिभिन्न सडक जोड्ने पक्किपुल निर्माण कार्यमा ठेकदारले लापरवाही र ढिलासुस्ति गरेको पाईएको छ । जसका कारण सम्झौता सकिएको लामो समय भईसक्दा पनि पुलहरु निर्माण कार्य सम्पन्न हुन सकेका छैनन ।

जस अन्र्तगत सम्पन्न गर्ने सम्झौता सकिएर एक वर्ष म्याद थप्दा समेत सेती लोकमार्ग जोड्ने चित्रे पक्किपुलको काम करिव २५ प्रतिशत मात्रै भएको पाईएको छ । जिल्ला विकास समिती अछामको तथ्यंक अनुसार चित्रे नजिक बुढीगंगा नदीमाथि बन्न लागेको झण्डै १०० मिटर लामो उक्त पक्कि पुल २०७० भदौ १३ मा सम्झौता भई २०७२ बैसाख १५ भित्र सम्पन्न गरिसक्ने सम्झौता भएको थियो । तर उक्त सम्झौता सकिएर पनि एक वर्ष अर्थात २०७३ असार मसान्त सम्मको म्याद थप हुदा समेत पुलको २ वटा पिलर मात्रै बनेको पाईएको छ ।

२२ महिनामा निर्माण कार्य सम्पन्न गर्ने लक्ष सहित काम सुरु गरिएपनि उक्त पुलको निर्माण कार्य कछुवा गतिमा अगि बढिरहेकोमा अछामवासी भने आक्रोसित बनेका छन । ठेकदारको लापरवाहिका कारण पुलको निर्माणकार्य समयमै सम्पन्न हुन नसकेको भन्दै बिभिन्न सरोकारवालाहरुले जिल्ला प्रशासन लगायत सम्वन्धित पक्षसंग गुनासो गर्ने गरेका छन । हालै मात्र तरुण दल अछाम र वाई सि एल अछामले पनि यस विषयमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र पेश गरेको छ । अनक÷नन्देगडा र तुल्सी दुर्गा गरि ३ वटा निर्माण कम्पनिले संयुक्त रुपमा कामको जिम्मा लिएको उक्त पुलको भ्याट सहित ६ करोड ३६ लाख ३६ हजार ८ सय १६ रुपैयाँ १५ पैसा लागत स्टमेट रहेको छ ।

सम्झौता अवधि सकिएको थप एक वर्षमा पनि जम्मा कामको २५ देखी ३० प्रतिशत मात्रै सम्पन्न भएको जिल्ला विकास समिती अछामका ईञ्जिनियर महेन्द्र खनालले बताए । उनले भने “एक त ठेकदारको चरम लापरवाहि र गैर जिम्मेवारीपनका कारण काममा ढिलाई भईरहेको छ अर्कोतिर पुल बनाँउने दक्ष मिस्त्रीहरु नपाँउदा पनि यो अवस्था आएको हो ।” सम्झौता अवधि सकिएर एक वर्ष म्याद थप हुंदा समेत आधा काम पनि नहुनु दुःखद कुरा भएको उनको स्वईकारोक्ति छ ।

नदीको ओल्लो पल्लो छेउका २ वटा पिलर निर्माण गरिएपनि बिचका २ वटा पिलरको काम सुरु नभएको बताईएको छ । यद्यपी उक्त पुलको लागी बिभिन्न ३ चरणमा रकम निकासा भईसकेको जिविसको तथ्यंकले देखाएको छ । पछिल्लो समय झण्डै ८ लाख निकासा भएको पाईएको छ भने तेस्रो चरणको बिल एक करोड ३४ लाख २७ हजार ५ सय २२ उठाएको पाईएको छ ।

यसैविच संगै सम्झौता भएको पर्यटकीय क्षेत्र रामारोशन जोडने दर्ना स्थित कैलास नदीमा बन्न लागेको ७५ मिटर लामो पक्कि पुलको भने ९० प्रतिशत काम सम्पन्न भईसकेको छ । उक्त पुलको साईड तिरको निकासी सडक बनाँउन र आवस्यक रंग रोगन कार्य बाँकी रहेको जिल्ला विकास समिती अछामले जनाएको छ ।

यता उक्त पुल निर्माण कार्यमा संलग्न ठेकदार कम्पनी स्वार कन्ट्रक्सनका लक्ष्मण स्वारका अनुसार ठेक्का सम्झौता अनुसार ९९ प्रतिशत काम सम्पन्न भईसकेको छ । २ करोड ५६ लाख लागतमा पुल निर्माण गरिएपनि पुलको वारी पारी सडक जोड्ने काम स्टमेटमा नरहेकोले मात्रै आफुले बनाँउन नसकेको उनले बताए । जिल्ला विकास समितीले निर्माण आदेश दिएको खण्डमा २० देखी २५ लाख भित्रै उक्त सडक समेत निर्माण कार्य सकिने उनले बताए ।

उक्त पुल बनेपनि वारी पारि सडकमा नजोडीदा छविस क्षेत्रका नागरिकलाई कैलासमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । पुल निर्माण कार्य करिव करिव सकिएपनि निकास सडक नबनाँउदा छविस क्षेत्रका बिसौं हजार जनतालाई निकै सास्ति भैरहेको छ । यस्तै स्वार कन्ट्रक्सनले नै जिल्लाको ठाँटी र बाजुरा जोड्ने पक्किपुल निर्माण कार्य सुरु भईसकेको छ ।

जिविस अछामवाट ३२ लाख पेश्कि लिई निर्माणकार्य अगि बढिसकेको जिविसका ईञ्जिनियर खनालले बताए । अछाममा थप तिनओटा पक्कि पुलहरु निर्माणको प्रक्रिया अगि बढिसकेको भएपनि निर्माणाधिन ३ वटै पुलहरुको काममा ढिलाई भैरहनुले समस्या भईरहेको खनालले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह