कमल रावलभदौ १, अछाम । अछामका बिभिन्न सडक जोड्ने पक्किपुल निर्माण कार्यमा ठेकदारले लापरवाही र ढिलासुस्ति गरेको पाईएको छ । जसका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावलभदौ १, अछाम । अछामका बिभिन्न सडक जोड्ने पक्किपुल निर्माण कार्यमा ठेकदारले लापरवाही र ढिलासुस्ति गरेको पाईएको छ । जसका"/>
२३ मंसिर २०८२, सोमबार
अछाम - ACM

अछामका पक्किपुल निर्माणमा ठेकदारको ढिलासुस्ति

१ भाद्र २०७३, बुधबार ०९:४४

कमल रावलभदौ १, अछाम । अछामका बिभिन्न सडक जोड्ने पक्किपुल निर्माण कार्यमा ठेकदारले लापरवाही र ढिलासुस्ति गरेको पाईएको छ । जसका कारण सम्झौता सकिएको लामो समय भईसक्दा पनि पुलहरु निर्माण कार्य सम्पन्न हुन सकेका छैनन ।

जस अन्र्तगत सम्पन्न गर्ने सम्झौता सकिएर एक वर्ष म्याद थप्दा समेत सेती लोकमार्ग जोड्ने चित्रे पक्किपुलको काम करिव २५ प्रतिशत मात्रै भएको पाईएको छ । जिल्ला विकास समिती अछामको तथ्यंक अनुसार चित्रे नजिक बुढीगंगा नदीमाथि बन्न लागेको झण्डै १०० मिटर लामो उक्त पक्कि पुल २०७० भदौ १३ मा सम्झौता भई २०७२ बैसाख १५ भित्र सम्पन्न गरिसक्ने सम्झौता भएको थियो । तर उक्त सम्झौता सकिएर पनि एक वर्ष अर्थात २०७३ असार मसान्त सम्मको म्याद थप हुदा समेत पुलको २ वटा पिलर मात्रै बनेको पाईएको छ ।

२२ महिनामा निर्माण कार्य सम्पन्न गर्ने लक्ष सहित काम सुरु गरिएपनि उक्त पुलको निर्माण कार्य कछुवा गतिमा अगि बढिरहेकोमा अछामवासी भने आक्रोसित बनेका छन । ठेकदारको लापरवाहिका कारण पुलको निर्माणकार्य समयमै सम्पन्न हुन नसकेको भन्दै बिभिन्न सरोकारवालाहरुले जिल्ला प्रशासन लगायत सम्वन्धित पक्षसंग गुनासो गर्ने गरेका छन । हालै मात्र तरुण दल अछाम र वाई सि एल अछामले पनि यस विषयमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र पेश गरेको छ । अनक÷नन्देगडा र तुल्सी दुर्गा गरि ३ वटा निर्माण कम्पनिले संयुक्त रुपमा कामको जिम्मा लिएको उक्त पुलको भ्याट सहित ६ करोड ३६ लाख ३६ हजार ८ सय १६ रुपैयाँ १५ पैसा लागत स्टमेट रहेको छ ।

सम्झौता अवधि सकिएको थप एक वर्षमा पनि जम्मा कामको २५ देखी ३० प्रतिशत मात्रै सम्पन्न भएको जिल्ला विकास समिती अछामका ईञ्जिनियर महेन्द्र खनालले बताए । उनले भने “एक त ठेकदारको चरम लापरवाहि र गैर जिम्मेवारीपनका कारण काममा ढिलाई भईरहेको छ अर्कोतिर पुल बनाँउने दक्ष मिस्त्रीहरु नपाँउदा पनि यो अवस्था आएको हो ।” सम्झौता अवधि सकिएर एक वर्ष म्याद थप हुंदा समेत आधा काम पनि नहुनु दुःखद कुरा भएको उनको स्वईकारोक्ति छ ।

नदीको ओल्लो पल्लो छेउका २ वटा पिलर निर्माण गरिएपनि बिचका २ वटा पिलरको काम सुरु नभएको बताईएको छ । यद्यपी उक्त पुलको लागी बिभिन्न ३ चरणमा रकम निकासा भईसकेको जिविसको तथ्यंकले देखाएको छ । पछिल्लो समय झण्डै ८ लाख निकासा भएको पाईएको छ भने तेस्रो चरणको बिल एक करोड ३४ लाख २७ हजार ५ सय २२ उठाएको पाईएको छ ।

यसैविच संगै सम्झौता भएको पर्यटकीय क्षेत्र रामारोशन जोडने दर्ना स्थित कैलास नदीमा बन्न लागेको ७५ मिटर लामो पक्कि पुलको भने ९० प्रतिशत काम सम्पन्न भईसकेको छ । उक्त पुलको साईड तिरको निकासी सडक बनाँउन र आवस्यक रंग रोगन कार्य बाँकी रहेको जिल्ला विकास समिती अछामले जनाएको छ ।

यता उक्त पुल निर्माण कार्यमा संलग्न ठेकदार कम्पनी स्वार कन्ट्रक्सनका लक्ष्मण स्वारका अनुसार ठेक्का सम्झौता अनुसार ९९ प्रतिशत काम सम्पन्न भईसकेको छ । २ करोड ५६ लाख लागतमा पुल निर्माण गरिएपनि पुलको वारी पारी सडक जोड्ने काम स्टमेटमा नरहेकोले मात्रै आफुले बनाँउन नसकेको उनले बताए । जिल्ला विकास समितीले निर्माण आदेश दिएको खण्डमा २० देखी २५ लाख भित्रै उक्त सडक समेत निर्माण कार्य सकिने उनले बताए ।

उक्त पुल बनेपनि वारी पारि सडकमा नजोडीदा छविस क्षेत्रका नागरिकलाई कैलासमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । पुल निर्माण कार्य करिव करिव सकिएपनि निकास सडक नबनाँउदा छविस क्षेत्रका बिसौं हजार जनतालाई निकै सास्ति भैरहेको छ । यस्तै स्वार कन्ट्रक्सनले नै जिल्लाको ठाँटी र बाजुरा जोड्ने पक्किपुल निर्माण कार्य सुरु भईसकेको छ ।

जिविस अछामवाट ३२ लाख पेश्कि लिई निर्माणकार्य अगि बढिसकेको जिविसका ईञ्जिनियर खनालले बताए । अछाममा थप तिनओटा पक्कि पुलहरु निर्माणको प्रक्रिया अगि बढिसकेको भएपनि निर्माणाधिन ३ वटै पुलहरुको काममा ढिलाई भैरहनुले समस्या भईरहेको खनालले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा