९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन पुगे गोदावरीमा एमाले अध्यक्ष ओली

१३ आश्विन २०७८, बुधबार १०:३२

असोज १३,  काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ललितपुरको गोदावरी पुगेका छन्। पार्टीको पहिलो विधान महाधिवेशन स्थल अवलोकन गर्न ओलीले बुधवार गोदावरी पुगेका हुन्।

यही असोज १५ देखि १७ सम्म एमाले विधान महाधिवेशन हुँदै छन्। एमालेको पहिलो विधान महाधिवेशन गोदावरीस्थित नवनिर्मित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछ। यो विधान महाधिवेशनमा करिब पाँच हजार प्रतिनिधि सहभागी हुने पक्का भइसकेको छ।

महाधिवेशनका सहभागीहरूलाई सम्मेलन केन्द्रसम्म पुर्‍याउन गाडी व्यवस्था गरिएको छ। उनीहरूलाई सातदोबाटो बाटै एमालेले व्यवस्था गरेका गाडीले गोदावरी लैजाने छन्। सम्मेलन केन्द्रको हलमा दुई हजार आठ सय ४० जना मात्रै अट्ने क्षमता छ। यस्तोमा बाँकी सहभागीलाई बाहिर बस्ने व्यवस्था गरिएको छ। 

सबै सहभागीको सहजताका लागि हल बाहिर ठूला डिजिटल स्क्रिन राखिँदै छ। ती डिस्प्लेको अगाडि दुई तर्फ एक/एक हजार सहभागीलाई राखिने व्यवस्था गरिएको छ। विधान महाधिवेशनमा करिब तीन सय स्वयंसेवक खटिनेछन्। विधान महाधिवेशनमा सहभागीलाई खाने व्यवस्था केन्द्रले गर्नेछ भने बस्ने व्यवस्था प्रदेश कमिटीले गर्ने भएको छ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु