Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ असोज १३ गते, अपराह्न ५:४४ बजे काठमाडौँ - KTM, स्वास्थ्य

अमेरिकाबाट नेपाल आएका किरण गजमेरलाई किन विमानस्थलबाटै फिर्ता गरियो ?

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असोज १३, काठमाडौँ । साङ्गीतिक रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ को तेस्रो संस्करणका विजेता किरण गजमेरलाई  गृह मन्त्रालयले नेपाल प्रवेश गर्न नदिएपछि उनी त्रिभुवन विमानस्थलबाटै अमेरिका फर्किएका छन् ।

अमेरिकाबाट कतार एयरवेजमार्फत गएको सोमबार नेपाल आएका उनलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइदिएको हो । उनको भिसाको म्याद सकिएकाले अध्यागमन कार्यालयले उनलाई सोमबार त्रिभुवन विमानस्थलबाट फर्काइदिएको हो ।

भुटानी शरणार्थीका रूपमा नेपाल आएका गजमेर पछिल्लो समय अमेरिकामा बसोबास गर्छन् । उनी अमेरिकी नागरिक भइसकेकाले नेपालको भिसा लगाएर भ्वाइस अफ नेपालमा भाग लिन आएका थिए ।  एक प्रवेशाज्ञा वर्षमा अमेरिकी नागरिकहरूले नेपालमा १ सय ८० दिन भन्दा बढी बस्न नपाइने नियम छ । किरणले यसअघि पनि तोकिएको दिन भन्दा बढी बसेकाले जरिवाना समेत तिरेका थिए ।

“एक प्रवेशाज्ञा (भिसा)मा नेपाल बस्न पाउने समय उहाँले यो वर्ष नेपालमा बिताइसकेकाले उहाँलाई फर्काउनुपरेको हो,” अध्यागमन विभागका प्रवक्ता झंकनाथ ढकालले भन्नु भयो । किरणलाई सन् २०२१ मा नेपाल प्रवेश गर्न गाह्रो रहेको वुझिएको छ र सन् २०२२ मा भने उनी पुनः नेपाल आउन सक्छन् । किरण अघिल्लो महिना सम्पन्न भ्वाइस अफ नेपाल सिजन–३ का विजेता हुन् ।

भुटानबाट शरणार्थीका रूपमा नेपाल आएका किरण केही वर्षयता अमेरिकामा बस्दै आएका छन् । तेस्रो मुलुक पुनर्वासका क्रममा उनी अमेरिका पुगेका हुन् ।