असोज १४, काठमाडौँ । राष्ट्रिय सभाको आइतबारका लागि बोलाइएको बैठक एक दिन पर सारिएको छ ।
संसद् सचिवालयले १७ गते आइतबारको राष्ट्रियसभाको बैठक १८ गतेका लागि सारेको जनाएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सनाले विशेष कारण देखाएर बैठक सारेका हुन् ।
संसद् सचिवालयले विज्ञप्ति जारी गर्दै अर्को बैठक सोमबार बिहान ११ बजेका लागि बोलाएका छन् । नेकपा एमालेले सङ्घीय ससदमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर बैठक अवरुद्ध गर्दै आएको छ ।