२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले विधान महाधिवेशनमा प्रभु साह सहभागी नहुने

२०७८, १५ आश्विन शुक्रबार ०६:४७

असोज १५ ,  काठमाडौं। नेकपा एमालेको विधान महाधिवेशनमा प्रभु साह सहभागी नहुने भएका छन्। सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको एमाले र माओवादी केन्द्र ब्युँताउँने फैसलापछि एमाले रोजेका साहले लामो समयदेखि असन्तुष्टि व्यक्त गर्दै आएका थिए।विधान महाधिवेशन सुरु हुनुपूर्व शुक्रबार बिहान बानेश्वरमा भएको आफूनिकट भेलामा

साहले सहभागी नहुने निर्णय गरेका हुन्। आईटी आर्मीका प्रमुख चन्द्रभूषण साहका अनुसार प्रतिनिधि चयनमा कनिष्ठलाई स्थान दिइएको, पूर्वमाओवादी नेता कार्यकर्तालाई पार्टीमा यथोचित स्थान नदिइएको भन्दै विधान महाधिवेशनमा सहभागी नहुने निर्णय गरिएको हो । माओवादी केन्द्रमा स्थायी कमिटी सदस्य रहेका साहलाई एमालेमा भने केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको थियो।

त्यस्तै सर्वोच्च अदालतले पार्टी एकता भंग गरी नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ब्युँताए पनि आफूहरूले नेकपा (एमाले) लाई नेकपाकै निरन्तरतामा बुझेर एकताकै स्पिरिटमा कार्य सञ्चालन गर्न जोड दिए पनि पार्टी नेतृत्वबाट उक्त कार्य नभएको साहको आरोप छ। त्यसैगरी तत्कालीन नेकपाकै विधानअनुसार पार्टी चल्नुपर्ने पनि साहको माग छ।

यसअघि असोज ८ गतेको केन्द्रीय कमिटी बैठकमा ८ बुँदे फरक मत प्रस्तुत गरेका थिए। पछिल्लो समय साह एमालेका बैठकमा जान छाडेका थिए। त्यस्तै उनी गृहजिल्ला रौतहटमा आईटी आर्मीको नाममा विभिन्न कार्यक्रममा व्यस्त रहँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा