२०८३, २४ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठूला राजनीतिक दलले राजनीतिलाई व्यापार बनाए : केसी

२०७८, १५ आश्विन शुक्रबार ०६:५०

असोज १५ , काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको सरकार संवैधानिक व्यवस्थाअनुसार नै बनेको बताएका छन् । प्रगतिशील पत्रकार सङ्घ बागलुङद्वारा आयोजित पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् ।

सरकारले ल्याएको अध्यादेश बाध्यताको उपज भएको बताउँदै उनले अहिलेका पाँच दलीय गठबन्धन टिक्ने वा टुक्रिने भन्ने परिस्थितिले नै निर्धारण गर्ने बताएका छन् । सरकारले ल्याएको २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद भए दल विभाजन गर्न सकिने प्रावधान राखेर राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज भइसकेपछि अध्यक्ष केसीले यसबारे मुख खोलेका हुन् ।

त्यस क्रममा उनले ठूला राजनीतिक दलले राजनीतिलाई व्यापार बनाएको आरोप लगाए । ‘व्यवस्था परिवर्तन भए पनि ठूला दलको प्रवृत्ति सुध्रिएन । प्रवृत्ति नसुध्रिएका कारण राष्ट्रियता र गणतन्त्र धरापमा परेको छ ।’ उनले भने, ‘दलका रिसले राजतन्त्र मागिरहेका छन्, हामीले सङ्घर्ष गरी ल्याएका गणतन्त्रमा कसरी धावा बोलिँदै छ ।’

दलहरू सत्ता बाहिर रहँदा राष्ट्रियता र गणतन्त्रको पहरेदार बन्ने र सत्तामा पुगेपछि आफू र आफ्नामा केन्द्रित हुने हुँदा आफूहरू सरकारमा बसेर भन्दा प्रतिपक्षमै बसेर खबरदारी गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार धादिङ केन्द्रविन्दु भएर भूकम्प २४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ सुनचाँदीको मूल्य बढ्यो ११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक