२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३० वर्ष पुग्नुभयो ? महिलाका लागि आवश्यक पर्ने यी पाँच सप्लिमेन्ट्स

१६ आश्विन २०७८, शनिबार ०४:२२

असोज १६ , काठमाडौँ  । शरीरलाई पूर्ण रुपमा स्वस्थ राख्नमा सन्तुलित खानपानको महत्वपूर्ण भूमिका हुन्छ । यद्यपि, उमेर बढेसँगै शरीरको आवश्यकता पनि बढ्छ । पोषणविद्का अनुसार महिलाले ३० वर्षको उमेर पार गरेपछि केही विशेष सप्लिमेन्ट्स लिन आवश्यक हुन्छ । आउनुहोस्, यसबारे जानकारी लिऔं ।

फोलिक एसिड

कोशिकाको विकासका लागि फोलिक एसिड निकै आवश्यक छ । यदि तपाईं ३० वर्ष पुगिसक्नुभयो र गर्भवती हुने योजना गरिरहनुभएको छ भने आफ्नो खानामा बी भिटामिन फोलेटको मात्रा बढाउनुहोस् । यो सप्लिमेन्ट कुनै पनि मेडिकलमा किन्न पाइन्छ ।

आइरन

३० वर्षपछि एउटा अत्यावश्यक तत्व मिनरल्स आइरन पनि हो । महिलामा आइरनको कमी हुने खतरा बढी छ । यसको कमीले जतिबेला पनि थकाई लागिरहन्छ । यसबाहेक आइरनको कमीले संक्रमण्को सम्भावना पनि बढ्ने गर्छ ।

भिटामिन डी

भिटामिन डीले अतिरिक्त क्याल्सियमलाई अवशोषित गर्न मद्दत गर्छ । यसले मुटुरोगबाट जोगाउने काम गर्छ र तौल घटाउन मद्दत गर्छ । ३० वर्षपछि तपाईं भिटामिन डीको सप्लिमेन्ट लिन सक्नुहुन्छ ।

म्याग्नेसियम

शरीरका लागि म्याग्नेसियम निकै आवश्यक छ किनभने यसले शरीरमा प्रोटिन र हड्डी बनाउन मद्दत गर्छ । यसले ब्लड सुगरलाई पनि स्थिर राख्छ । म्याग्नेसियमको कमी हुने महिलालाई मांसपेशिमा ऐठन, थकान, चिडचिडापन, उच्च रक्तचाप, मुटुको अनियमित धड्कन, रिँगटा लाग्ने वा मांसपेशीमा कमजोरीको अनुभव हुन्छ ।

प्रोबायोटिक्स

प्रोबायोटिक्स गुड ब्याक्टेरिया हो जुन आन्द्राका लागि राम्रो हुन्छ । यो सप्लिमेन्टले झाडा र आइबीएसजस्ता पाचन सम्बन्धि समस्यालाई हटाउन मद्दत गर्छ । प्रोबायोटिक्सले एलर्जीबाट पनि जोगाउँछ । यद्यपि, कुनै प्रकारको सप्लिमेन्ट्स लिनुअघि आफ्ना डाक्टरलाई एकपटक पक्कै पनि सोध्नुहोस् । यी पोषक तत्वलाई आफ्नो खानामार्फत् बढी लिने कोसिस गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य