९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पालिका तहको नेतृत्व चयनका लागि कांग्रेस मोरङको चुनाव हुँदै

१६ आश्विन २०७८, शनिबार ०८:२९

असोज १६ ,विराटनगर , न्युज कारखाना  ।  मोरङमा नेपाली कांग्रेसले आज स्थानीय तहस्तरीय नेतृत्व चयन गर्दैछ । नेतृत्वका लागि प्यानलनै बनाएर कांग्रेसका नेताहरु चुनावी मैदानमा गएका छन् । केन्द्रमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा र उनी इतर समूहजस्तै गाँउ नगरमा पनि त्यसको असर देखिएको छ । प्रदेश १ को एकमात्रै महानगरपालिकामा विराटनगरमा ४ जना चुनावी मैदानमा रहेका छन् । सभापतिका लागि दीपक चापागाईं, सन्तोष न्यौपाने, अरुण न्यौपाने र कृष्णबहादुर कार्कीले शुक्रबार उम्मेदवारीका लागि मनोनयन दर्ता गराएर चुनावी मैदानमा छन् । निर्वाचनमा ६८१ जनाले मतदान गर्ने पाउने नेपाली कांग्रेस विराटनगरले जनाएको छ ।

कटहरी गाउँपालिकामा रामकुमार कामत, हरिनारायण माझी र शम्भु साहले सभापतिको चुनावी मैदानमान छन् । कामतलाई पौडेल समूहका महेश आचार्यको समर्थन छ भने माझीलाई देउवा पक्ष नेताको समर्थन रहेको जनाइएको छ । बुढीगंगामा जितबहादुर थापा र रेवतीनारायण चौधरी सभापतिको लागि भिडेका छन् । थापा कोइराला निकटका हुन् भने चौधरी देउवानिकट रहेको बुझिएको छ । 

रंगेली नगरपालिकामा सभापतिमा जितनारायण खवास र जगनाथ मण्डलबीच प्रतिपर्धा हुने भएको छ । दुई जना नै  देउवा समूहका हुन् । 

सुनवर्षी नगरपालिकामा महेश्वर राजवंशी, कमलकिशोर सिंह, वैजनाथ झाले सभापतिका लागि चुनावी मैदानमा छन् । रतुवामाईको सभापतिमा कनैयौलाल राजवंशी र पोष्टबहादुर बस्नेतबीच प्रतिस्पर्धा हुने देखिएको छ । 

सुन्दर हरैँचामा महेन्द्र धिमाल र भक्ति सिटौला सभापति लागि चुनावी मैदानमा छन् । सिटौलालाई कोइराला पक्षका नेताको समर्थन रहेको छ भने धिमाललाई देउवा पक्षको समर्थन रहेको छ ।

बेलबारीको सभापतिमा छत्र लिम्बू र शम्भु भट्टराईबीच प्रतिस्पर्धा हुने भएको छ । लिम्बू पौडेल समूहका हुन् भने भट्टराई देउवा समूहका नेता हुन् । पथरी शनिश्चरेको सभापतिमा ईश्वर थापा, लोकमान खरेल र रुपनारायण भट्टराई मैदानमा छन् । खरेल देउवा समूह, भट्टराई पौडेल समूहका कोइराला र थापालाई पौडेल समूहकै महेश आचार्यको समर्थन छ ।  

उर्लाबारी नगरपालिका, जहदा, र केराबारी गाउँपालिकामा सभापतिसहितका पदाधिकारीहरु सर्वसम्मत चयन भएका छन् । केराबारीमा पनि सभापतिसहित सबै पद सर्वसम्मत भएको छ। जदहामा महेन्द्र मण्डलसहितका पदाधिकारी सर्वसम्मत भएको मोरङ कांग्रेसले जनाएको छ ।

उर्लाबारी र केराबारीका सर्वसम्मत दुवै सभापतिलाई पौडल समूह र डा शेखर कोइरालाको समर्थन रहेको छ । धनपालथानमा सभापतिबाहेक पदाधिकारीमा सर्वसम्मत भए पनि सभापतिमा दिपकवीर पाण्डे र वासुदेव रायबीच प्रतिस्पर्धा हुने छ । 

मिक्लाजुङमा बबि राई र अरुणविक्रम बस्नेत सभापतिका लागि चुनावी मैदानमा छन् ।

शनिबार विहान ८ देखि दिउँसो २ बजेसम्मलाई मतदानको समय तोकिएको प्रमुख निर्वाचन अधिकृत केदार कार्कीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी