२०८३, २४ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओली ७४ वर्षसम्म एमालेको अध्यक्षमा रहन पाउने

२०७८, १७ आश्विन आईतवार ०९:४४

असोज १७, काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीले दोस्रो कार्यकाल पनि उठ्न पाउने भएका छन् । एमालेले ७० वर्षे प्रावधानलाई निरन्तरता दिँदै त्यससम्बन्धी स्पष्ट व्याख्या गरेको छ ।

यसअघि ७० वर्ष पूरा भएका नेताले आफू निर्वाचित भएको पदबाट बीचमै राजीनामा दिनुपर्ने थियो । तर, विधान महाधिवेशनले त्यसलाई थप व्याख्या गर्दै ७० वर्ष पूरा नभएसम्म पदाधिकारीमा उठ्न पाउने र आफू निर्वाचित भएको पद पूरै कार्यकाल बिताउन पाउने व्यवस्था गरिएको छ ।

यस आधारमा अब केपी ओलीलाई फेरि अध्यक्षमा उठ्न विधानले रोक्ने छैन । ओली अहिले ६९ वर्षका छन् । महाधिवेशनका हुँदाका बखत उनी ७० वर्ष पनि पुग्ने छैनन् । त्यसैले उनले पूरै कार्यकाल अध्यक्षमै रहन पाउने भएका छन् । एमाले उपमहासचिव विष्णु पौडेलले ७० वर्षे प्रावधानलाई व्याख्या गर्दै यसबारे जानकारी गराएका हुन् ।एउटै व्यक्ति सोही पदमा दुईपटकभन्दा बढी उम्मेदवारी दिन नपाउने विधानमा व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार धादिङ केन्द्रविन्दु भएर भूकम्प २४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ सुनचाँदीको मूल्य बढ्यो ११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक