२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेमाथि चौतर्फी आक्रमण भयो : ओली

२०७८, १७ आश्विन आईतवार ११:४९

असोज १७, काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीमाथि चौतर्फी आक्रमण भएको बताएका छन् । तीन दिनदेखि जारी पार्टी प्रथम विधान महाधिवेशनमा आफूले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै आइतबार अध्यक्ष ओलीले एमालेमाथि चौतर्फी आक्रमण भएका बताएका हुन् । 

एमालेको विचार र संगठनमाथि आक्रमण भएको भन्दै उनले एमाले कमिटी र सामूहिक नेतृत्व र छलफलमा विश्वास गर्ने बताए । 

विधान महाधिवेशनका बेला गरिएको प्रचार प्रसार र अध्यक्ष ओलीलाई देवत्वकरण गरिएको भन्दै टिप्पणी भएकोप्रति पनि जवाफ दिँदै अध्यक्ष ओलीले भने, ‘एमालेमाथि चौतर्फी हमला भएका छन् ।

विचार र संगठनमाथि हमला भएको छ । एमालेको महाधिवशेनमा ब्यानर र झण्डा नदेखिए के देखिन्छ त । हामी व्यक्ति पूजक होइनौँ, हामी अन्धधर्ममा विश्वास गर्दैनौँ । कमिटी र सामूहिक नेतृत्व र छलफलमा विश्वास गर्छौँ ।’

आफ्नो नेतृत्वमा सरकार बनेपछि खुइल्याउने काम भएको भन्दै उनले थप भने, ‘मेरो नेतृत्वको पहिलो सरकार बनेपछि पनि उधुम खोइरो खन्ने काम भयो । खुइल्याउने काम भयो । यस पटक संविधान जारी भएपछि बनेको पहिलो सरकारविरुद्ध पनि यो देखियो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा